२१ आश्विन २०८१ सोमबार
image/svg+xml

द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अन्तिम प्रतिवदेनको मस्यौदा प्राप्त गरेको छ। द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो। सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ।

‘धुर्मुस सुन्तलीले रंगशाला बनाउन सक्ने, प्रधानमन्त्रीले बुढीगण्डकी विदेशीकाे जिम्मा लाउने?’

नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो घोटाला भएको आरोप लगाएका छन्। सरकारविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शनअन्तर्गत सोमवार चितवनमा आयोजित वृहत् सभालाई सम्बोधन गर्दै नेता शर्माले बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई किन दिएको भनी प्रश्न गरे।

संसदीय सुनुवाई समितिले माग्यो उजुरी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।

लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी

नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ।

‘अब सरकारले प्रतिपक्षी कहाँ छ देख्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले प्रतिपक्षीलाई निषेध गरेर अघि बढ्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गगनकुमार थापाले सोमबारदेखि प्रतिपक्षी कहाँ छ भनेर सरकारलाई देखाइदिने दाबी गरेका हुन्।

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धी (इतिहास सहित)

क्रिकेट संघ क्यान प्रतिबन्धमा पर्दा समेत नेपालले दुईवटा ऐतिहासिक सफलता हासिल गर्नु ठूलो उपलब्धी रहेको बताउँछन्, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास। क्यान प्रतिबन्धमा रहेको बेला पनि खेलाडीले राष्ट्रका लागि खेल्दै यो सफलता हात पार्नु गर्वको कुरा रहेको दासको भनाई छ। क्यानको विवाद चाडै समाधान भई पूर्वाधार विस्तारमा होस् भन्ने उनको चाहाना दासको छ।

सरकार भेनेजुएलाको पक्षमा, कांग्रेस अमेरिकाकोः के भन्छन् परराष्ट्र जानकार ?

सरकार र नेकपा भेनेजुएलाको विषयमा अमेरिकन धुव्र छाडेर रुस र चीनको धुव्रमा गएकै अवस्थामा प्रमुख प्रतिपक्षले भने अमेरिकाको पक्षमा आफ्नो धारणा दिएको हो। आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको छ।

अन्तर्राष्ट्रिय महिला नेत्रहिन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ। घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतवार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो।

कांग्रेसले भन्यो : भेनेजुएलाबारे सरकारको धारणा अपरिपक्व

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रममा सरकारको धारणा अपरिपक्व रहेको भन्दै आपत्ति जनाएको छ। आइतवार बसेको संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको हो।

सरकारी गाडी जलाउनु निन्दनीय : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारी गाडी जलाउनु निन्दनीय भएकाे बताएका छन्। नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा शनिबार गाडी जलाएको विषयमा आफूलाई धेरै तिरबाट यसमा धारणा माग गरेको भन्दै थापाले आइतबार ट्विट गर्दै याे घटना निन्दनीय भएकाे बताएका हुन्।

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान, कांग्रेसको लिखित असहमति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध  उजुरी आह्वान गरेको छ। समितिले उजुरीको लागि १० दिनको समय सीमा दिएको छ।

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन। ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् ।

एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज नेपालमा

आरपी ग्रुपले नेपालमा एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज भित्र्याएको छ। ग्रुपले ललितपुरको जावलाखेलमा सोरुम खोलेको हो। आरपी ग्रुपले फेसनेबल कपडा, जुत्ता, ब्याग, पर्स, बेल्टलगायतका वस्तु बेच्दै आएको थियो।

निर्णायक खेलमा नेपाललाई इतिहास रच्ने अवसर

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार (आज) घरेलु टोलीविरुद्ध तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

बेपर्वाह सरकार, दिशाहीन प्रतिपक्ष

कुनै विषयलाई गम्भीरतापूर्वक नलिने स्वभावलाई ‘बेपर्वाही’ स्वभाव भएको व्यक्ति भनिन्छ। यस्ता व्यक्तिलाई मधेसतिरकाले ‘विनदास’ भन्छन्। मुस्लिम बाहुल्य भएको ठाउँमा यस्तालाई ‘हर्फनमौला’ भनिन्छ। पहाडतिर चाहिँ भनिन्छ, ‘शोक न सुर्ता भएको मान्छे’। माथि उच्चारण गरिएका सबै शब्द बेपर्वाहको पर्यायवाची शब्द हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्