२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘सरकारको दम्भ बढ्यो’

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्ष तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

नेपालमा पनि ‘खगोल विज्ञानका सय घन्टा’

‘खगोल विज्ञानका १०० घन्टा’ नामक अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पनि विभिन्न स्थानमा मनाइने भएको छ।

संसद् : सरकारको कि प्रतिपक्षको ?

अहिले सभामुख कृष्णबहादुर महरा सभामुख हुनुहुन्छ। उहाँ नेपाल कम्युनिस्ट पार्टीबाट विजयी भएर सांसद हुनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेपाल कम्युनिस्ट पार्टीबाट नै विजयी हुनुभएको हो।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

दुई महिनाको तलब निकास भएन

सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्ष नियुक्त नगर्दा संस्थान पाँच महिनादेखि नेतृत्वविहीन बनेको छ। संस्थानको अध्यक्ष तथा सञ्चालक समितिको अन्य पदाधिकारी नियुक्त नगरिँदा कार्यालयको काम प्रभावित भएको छ भने संस्थानमा कार्यरत पाँच सय ५० कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन्।

प्रहरीलाई प्रशिक्षण

नेपाल प्रहरीले आफ्ना अधिकृतलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे प्रशिक्षण दिएको छ। बुधबार लालबन्दीमा सर्लाही र रौतहटका जिल्ला प्रहरी प्रमुखदेखि हरेक एकाइका प्रमुखसम्मलाई भेला गराई प्रशिक्षण दिइएको हो।

साझेदार छनोट अपारदर्शी भन्दै अख्तियारमा उजुरी

क्रिस्चियन एड (केड) नेपाल जावलाखेलले अपारदर्शी तरिकाले खोटाङमा साझेदार संस्था छनोट गरेको खुलेको छ।

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।

महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यास खेलका लागि थाइल्यान्ड भ्रमण गर्ने नेपाली महिला राष्ट्रिय टोली क्रिकेटको घोषणा गरिएको छ।

खप्तड गोल्डकप : रानाको ह्याट्रिकमा पुलिसको विजयी सुरुवात

तीर्थ रानाको ह्याट्रिकप्रेरित नेपाल पुलिस क्लबले बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ।

काठमाडाैं–टोकियो सिधा हवाई सेवा सुरु हुने, जापानसँगकाे श्रम सम्झाैता चाँडै

नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

'कांग्रेस सिंहदरबार पुग्ने हो भने हात्तीको होइन घोडाको गतिमा दौडिनु पर्छ' (भिडियाे सहित)

संसदमा आफ्नो भूमिकालाई सशक्त पार्न नेपाली कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारले ओली सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र आगामी निर्वाचनमा आफ्नो पक्षमा जनमत बटुल्न सघाउ पुर्‍याउने राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताएका छन्।

क्यान इन्फोटेक माघ १५ देखि २०सम्म

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

वाम गठवन्धन नेकपाको २/३ को सुविधासम्पन्न सरकार छ। खुरुखुरु समृद्धि र विकासको काम गर्नु प-यो। नेपाली कांग्रेस के गर्दैछ, के बोल्दैछ? भनेर पछिपछि लाग्नु पर्दैन। हामीलाई सिकाइरहनु पर्दैन। हामी यही छौं। हामी पनि खुरुखुरु यहाँ बसेर सरकारको होमवर्क चेक गरिरहेका छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्