७ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि क्षेत्रमा सहयोग गर्न जापान इच्छुक

नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जापानले कृषि क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उक्त इच्छा देखाएको हो।

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज, शृंखला कब्जा गर्ने लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

ओखलढुंगामा दुईओटा नेविसंघ गठन

ओखलढुंगामा दुई समूहका छुट्टाछुट्टै नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएका छन्। १२ औं जिल्ला अधिवेशनबाट जिल्लामा नेविसंघका दुईवटा समिति गठन भएका हुन्। नेपाली कांग्रेसभित्रका नेताबीच विवादको असर भ्रातृ संगठन नेविसंघमा परेको हो। विवादकैबीच नेविसंघमा दुई समिति गठन भएका हुन्।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउँदै सरकार

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।

‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

नेपालको संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नौ कूटनीतिक नियोगले संयुक्त रूपमा देखाएको चासोप्रति सरकारले प्रतिवाद गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसहित युरोपियन युनियन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र फिनल्यान्ड दूतावासले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय टुंगोमा पु-याउन सरकारलाई सुझाव दिएका थिए।

विश्व बैंकमा शेयर थप : नेपालको मताधिकार रहने

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ। मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय विहीवार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिए।

नेपाल र युएईबीच हुने सिरिजकाे ट्रफी सार्वजनिक, पहिलाे खेल शुक्रबार

नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफि सार्वजनिक गरिएको हो।

"सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन"

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन:कांग्रेस प्रवक्ता शर्मा

शेयर बजार सामान्य अंकले घट्यो

धितोपत्र बजारमा विहिबार शेयर बजारमा सामान्य कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ।

सभामुख तटस्थ र सरकार जिम्मेवार भएन भने भोलि संसदमा मुठभेड हुनसक्छ : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पोखे। उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्