७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संसदमा जबरजस्ती अघि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। सरकारले शुक्रवारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेरै छाड्ने तयारी गरेका बेला विहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लचिलो बन्नुपर्नेमा जोड दिएको छ।

प्रहरीद्वारा खाली गर्न अटेर

नेपाल आयल निगमको टेकुमा रहेको भवन तथा जमिन खाली गर्न नेपाल प्रहरीले अटेर गर्दै आएको छ। आफ्नो व्यावसायिक प्रयोजनका लागि सवा तीन अर्ब रुपैयाँको लागतमा गत वर्ष नेसनल ट्रेडिङबाट खरिद गरेको जमिन छाड्न अटेर गरेपछि समस्या परेको निगमले जनाएको छ।

उद्यमशीलता सम्मेलन फागुन २ मा

नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुन २ गते काठमाडौंमा हुने भएको छ। नेपाल उद्योग परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो।

कांग्रेसले बाेलायाे बैठक

नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएको अस्पताललाई सरकारले खारेज गर्ने सरकारी निर्णय र संवैधानिक परिषद् बैठक प्रतिपक्षी दलको नेताबिना बसेको विषयमाथि छलफल हुनेछ।

अस्पताल विघटनको विरोधमा धर्ना

बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ।

अष्ट्रेलियामा एक नेपाली युवालाई जेल सजाय

अष्ट्रेलियामा ८२ वर्षीय वृद्धमाथि हातपात गरेको अभियोगमा एक नेपाली युवालाई जेल सजाय सुनाइएको छ। वृद्धाश्राम एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई आठ महिनाको जेल सजाँय सुनाइएको हो। सिड्नीको अदालतले पौडेललाई बुधबार दोषी ठहर गर्दै जेल सजाँय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हुन। रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता। त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो। नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो। तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन।’

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

टुटलद्वारा बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन।

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

लोकतान्त्रिक विकल्पको सपना

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।

स्पर्श र अद्रित फाइनलमा

स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र अलराउन्डर शरद भेषावकरलाई मंगलबार रुस्लानले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्