१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताको भावनासहित उनीहरूको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन्।

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

चीनमा नेपाली भाषा पढाउँदा

नेपाल आउन प्रतीक्षारत विद्यार्थीले पनि नेपालको भूगोल, इतिहास, संस्कृति, राजनीतिका बारेमा धेरै कुरा थाहा पाइसकेका छन्। जिउँदी देवी कुमारीदेखि जुजु धौसम्म, काठमाडौंका दरबारहरूदेखि लुम्बिनी र पोखरासम्मको महत्व र सौन्दर्यको अनुमानसम्म, नेपालको जातीय व्यवस्था र छुवाछुतदेखि पछिल्लो समय अभ्यास हुँदै आएको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दासम्म धेरथोर थाहा पाइसकेका छन्।

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

मलेसियास्थित राजदूतावासले करिब आठ सयलाई निःशुल्क उद्धार गर्न तीन करोड ३६ लाख रूपैयाँ माग गरिसकेको छ ।

तालाचाँबी भारतको हातमा, दोष नेपाललाई

नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, भारतले भने यसको बेवास्ता गर्दै सीमा क्षेत्रमा बाँध, तटबन्ध तथा सडक निर्माण गर्ने गरेको छ ।

विभाग गठनमा १२ नेताको असन्तुष्टि

नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको जनाउँदै सभापति शेरबहादुर देउवाले हालै गठन गरेका विभाग खारेज गर्न माग गरेका छन् ।

भारतसँगको विवादमा नेपालको भूमिका

नेपालले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सतही गफ भन्दा गहन विषयमा प्राज्ञिक तथा बौद्धिक वृत्तमा गहिरो अध्ययन, बहस र विश्लेषण गर्नु आवश्यक छ।

भटाभट विभाग गठन गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पाँच विभाग गठन गर्नुका साथै १२ विभाग विस्तार गरेका छन् । नेता रामचन्द्र पौडेलसहित इतर पक्षले विभाग गठन र विस्तार नगर्न पटकपटक गरेको आग्रहविपरित देउवाले आइतबार र सोमबार गरी विभागहरू गठन तथा विस्तार गरेका हुन् ।

राजनीतीमा लागेका ती र यी युवा

आन्दोलन, जेल जीवन र पुर्खाको बिरासत देखाएर राजनीतिमा ब्याज खाने गलत मानसिकताले देश बन्दैन भन्ने शिक्षा हाम्रा युवा राजनीतिकर्मीको प्रथामिकतामा कहिले पर्छ ? यो गम्भिर प्रश्न हो।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन्।

बुद्धबारे आफ्नै मन्त्रीको दाबी भारतद्वारा खण्डन

बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएपछि त्यहाँको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्।

नेपाली सेनालाई भारतले दियो १० वटा आइसीयु भेन्टिलेटर

भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। ति सामान आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्वार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्वार गरेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्वार गरिएको हो ।

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन/क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्