२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'

संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।

५० पाइलट माग्दा २६ को मात्र आवेदन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

गैरआवासीय २४ खेलाडी सहभागी हुने

बालुवाटारस्थित गैरआवासीय नेपाल संघको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका तर्फका विमलासँगै कुल आठ खेलका २४ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्सँग गैरआवासीय खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्ने सम्झौता भएअनुरूप संघले खेलाडीको नाम सार्वजनिक गरेको हो।

पेट्रोल पम्प कि विस्फोटक बम ?

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीको एकाधिकारवाला संस्था नेपाल आयल निगम हो। यसले पेट्रोल पम्पको न्यूनतम मापदण्ड तोकेको छ। यस्ता मापदण्डमा समयानुकूल परिवर्तन गर्ने बेला भइसकेको छ। त्यसमा पनि सडक बिस्तारका क्रममा पेट्रोल पम्प सडकको नजिक आइरहेका छन्।

'अब केही दिनमै नेपाली कामदार मलेसिया जान थाल्छन्'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेपाल कम्युुनिष्ट पार्टीको दोस्रो पुस्ताका आशलाग्दा नेताहरू मध्येका एक हुन्। उर्जामन्त्री हुुँदा उनले जुन लोकप्रियता कमाए, उनको दोस्रो इनिङले सायद त्यो उचाई भेटाएन। यद्यपि उनी अनवरत श्रम तथा वैदेशिक रोजगारको सुधार र व्यवस्थापनमा जुटेका छन्। सोमबार नेपाल जापानवीच श्रमिक आपूर्ति सम्झौता हुदै गर्दा नागरिकन्यूजसँग मन्त्री विष्टले जापान सम्झौतासंगै मलेसियामा श्रमिक पठाउने सिलसिला केही दिनभित्रै शुरु हुने बताए। प्रस्तुुत छ, उनीसंगको अन्तर्वार्ता (भिडियो सहित)

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

‘मधेसलाई पानी चाहिएको छ पानीजहाज होइन’

नेपाली कांग्रेस सर्लाहीद्ववारा सदरमुकाम मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ ‘मधेसी जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ तर, केपी ओलीले पानी जहाजको सपना मात्र देखाए।’

धादिङमा नेपाल बैंकको शाखा

नेपाल बैंक लिमिटेडले धादिङ जिल्लामा शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले उक्त शाखा उद्घाटन गरेका हुन् । मुुलुकको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बैंकले २५८औं शाखा खोलेको अध्यक्ष अधिकारीले बताए ।

कर्मचारी बयान सकियो, बोर्ड सदस्यको धमाधम

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले वाइड बडी खरिद प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका कर्मचारीहरुको बयान लिएर भ्याएको छ।

रुम्जाटार विमानस्थल दुई वर्षदेखि ठप्प

दुई वर्षपहिले अवरुद्ध ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटारबाट अझै हवाई उडान सञ्चालनमा आउन सकेको छैन। रुम्जाटारबाट नेपाल वायुसेवा निगम र विभिन्न निजी हवाई कम्पनीले उडान गर्दै आएका थिए।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग भिड्दै

एएफसी यु–२३ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा आइतबार (आज) नेपालले एसियाली पावर हाउस कतारको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः३० बजे सुरु हुनेछ।

जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, ४० हजार कामदार लैजाने

नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

महिला फुटबल खेलाडीलाई सम्मान

घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्