बढ्दै फोरजीका प्रयोगकर्ता
गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ
गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स(नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन्।
टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ।
कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।
फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।
नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।
सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए।
नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद पनि लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ।
अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।
एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेकपा (माओवादी केन्द्र) खोटाङले नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गरेको छ। भदौ २२ र २३ गते सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले नेपाल सरकारले केही समयअघि जारी गरेको चुच्चे नक्सा कार्यान्वयनको माग गर्ने निर्णय गरेको हो।