२० आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले संसदीय दलको विधान पारित, अनुमोदनपछि गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने

नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीको विधान संशोधन कमिटीले प्रस्ताव गरेका ‘नेकपा एमालेको संसदीय दलको विधान २०७७’ लाई संसदीय दलको आजको बैठकले पारित गरेको हो।

नेपाल पक्षका ३८ जना सांसद्ले हस्ताक्षर गरेको पत्र बालुवाटरमा, पार्टी विधानुसार चल्नुपर्ने माग

नेकपा एमालेका नेता माधव नेपाल पक्षीय सांसद्हरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ। शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसद्हरुको भेलाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

एमाले संसदीय दलको बैठक सुरु, बामदेव गौतम पनि सहभागी

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्।

एमाले संसदीय दलको निणर्यः नेपाल पक्षसहितको बोर्ड गठन्, गुटगत भेलामा जानेलाई कारबाही गरिने

नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गर्ने भएको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहितका सांसद्हरुलाई समेत समेटेर बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा नेपाल पक्षका सांसद्हरु सहभागी नभएपनि उनीहरुलाई समेटेर बोर्ड गठन गरिएको हो।

एमाले संसदीय दलको बैठक भोलि, विशाल भट्टराई भन्छन्ः विशेष केही छैन

नेकपा एमालेले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन्।

माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल, प्रमुख सचेतकमा देव गुरुङ

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार आज बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ।

जसपाको संसदीय दलको बैठक सकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक सकिएको छ। शुक्रबार सिहंदरबारस्थिति संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै ठोस निर्णय नगरेको जसपा सांसद एकवाल मियाँले जानकारी दिए।

जसपाको संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकले संसदीय दलको विधान पारित गर्ने जसपा सांसद् एकवाल मियाँले जानकारी दिए।

जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो एक बजेको लागि दलको बैठक बोलाइएको जसपा सांसद एकवाल मियाँले जानकारी दिए। उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल हुनेछ।

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज (शनिबार) बालुवाटारमा बस्ने भएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सबै सांसदहरुलाई बैठकमा बोलाएका हुन्।

प्रतिनिधिसभा पुनःस्थापना संविधानवादको विजय भएको कांग्रेस संसदीय दलको निश्कर्ष

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेको छ।

प्रचण्ड दोस्रोपटक संसदीय दलको नेतामा चयन

समाचारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो।

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसाे १ बजे सङ्घीय संसद् भवनकाे ल्होत्से हलमा बस्दैछ।

प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न, आवश्यक परे बहुमतसिद्ध गरेर देखाउन सकिन्छः मुख्य सचेतक भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्