१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको विधान पारित, अनुमोदनपछि गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने

तस्बिरः प्रधानमन्त्रीकाे सचिवालय।

नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीको विधान संशोधन कमिटीले प्रस्ताव गरेकाे ‘नेकपा एमालेको संसदीय दलको विधान २०७७’ लाई पारित गरेको हो।

विधान संशोधनका लागि विशाल भट्टराईको संयोजकत्वमो शेरबहादुर तामाङ, विमला पौडेल राई  विधान संशोधन कमिटी बनाइएको थियो। विधानलाई आजै बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ।  

विधान अनुमोनपछि संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्ने सांसद् शेरबहादुर तामाङले जानकारी दिए।

प्रकाशित: ७ चैत्र २०७७ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App