८ वैशाख २०८१ शनिबार

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी

नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन।

वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ।

एमाले संसदीय दलको बैठकः नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने, ओली पक्षले नदिने

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठक सकिएको छ।

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दावी

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित दाबी पेश गरेका छन्। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दाबी गरेका हुन्।

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए।

प्रदेश २ राजनीतिः मण्डल 'आउट', महतो 'इन'

प्रदेश २ को नेकपा एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले बहुमतबाट नेता मण्डललाई हटाएर महतोलाई चयन गरेको हो।

एमाले संसदीय दलको विधान पारित, अनुमोदनपछि गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने

नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीको विधान संशोधन कमिटीले प्रस्ताव गरेका ‘नेकपा एमालेको संसदीय दलको विधान २०७७’ लाई संसदीय दलको आजको बैठकले पारित गरेको हो।

एमाले संसदीय दलको बैठक सुरु, बामदेव गौतम पनि सहभागी

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्।

एमाले संसदीय दलको निणर्यः नेपाल पक्षसहितको बोर्ड गठन्, गुटगत भेलामा जानेलाई कारबाही गरिने

नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गर्ने भएको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहितका सांसद्हरुलाई समेत समेटेर बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा नेपाल पक्षका सांसद्हरु सहभागी नभएपनि उनीहरुलाई समेटेर बोर्ड गठन गरिएको हो।

एमाले संसदीय दलको बैठक भोलि, विशाल भट्टराई भन्छन्ः विशेष केही छैन

नेकपा एमालेले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्