coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको निणर्यः नेपाल पक्षसहितको बोर्ड गठन्, गुटगत भेलामा जानेलाई कारबाही गरिने

बिहीबार बालुवाटमारमा बसेको एमाले संसदीय दलको बैठक।

नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गर्ने भएको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहितका सांसद्हरुलाई समेत समेटेर बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा नेपाल पक्षका सांसद्हरु सहभागी नभएपनि उनीहरुलाई समेटेर बोर्ड गठन गरिएको हो।

यस्तै, बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया अगाडि बढाउन कार्यदल गठन समेत गठन गरेको छ। तीन सदस्यीय कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन्।

ओली पक्षीय सांसद्हरुको मात्र सहभागिता रहेको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई आवश्यकताअनुसार कारबाही गर्ने निर्णय पनि गरेको छ। नेपाल पक्षका सांसद्हरु राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भइरहेको परिप्रेक्ष्यमा ओली समूहका सांसद्हरु मात्र सहभागी रहेको संसदीय दलको बैठकले गुटगत भेलामा जानेलाई कारबाही गर्ने निर्णय गरेको हो।  

संसदीय दलको अर्को बैठक चैत ७ गतेका लागि बोलाइएको छ। सोही दिन ओली समूहले केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।  

प्रकाशित: ५ चैत्र २०७७ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App