१० आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (फोटोफिचर)

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

लोकसेवा विज्ञापनबारे बालुवाटारमा धर्ना

संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज  प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ।

आरक्षण कार्यान्वयनकाे माग गर्दै बालुवाटारमा प्रदर्शन

विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाहरूले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्।

गाउँपालिकाको राजस्वमा घोटाला

उद्योगहरुबाट निकासी हुने गिट्टी बालुवा सहितका बस्तुको निकासी कर उठाउनका निम्ति गाउँपालिकाले संकलक राखेको थियो। तर संकलक मार्फत उठाइएको करको रकम पारदर्शी नै छैन्।

बालुवाटारस्थित सुबिसु इन्टरनेटको भवनमा आगलागी (फाेटाे फिचर)

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा बुधबार भीषण आगलागी भएको छ। दिउँसो करिब साढे १२ बजेकाे आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी तथा काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

हाते औजारले बालुवा निकाल्न पाउनुपर्ने माग

नदीबाट हाते औजार प्रयोग गरी बालुवा निकाल्न पाउनुपर्ने माग राखेर श्रमिकहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका छन्।

खोलामा डोजर लगाउनेविरुद्ध स्थानीय, कारबाही माग गर्दै प्रशासनमा

जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिएको भन्दै दरियाँल खोलाका स्थानीयहरुले प्रशासन गुहारेका छन्।

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो।

बालुवाटारमा ४ घण्टा लामो छलफलपछि टुंगियो नेकपाको एकता प्रक्रिया

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ। नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताए। ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ। सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ।’

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

प्रधानमन्त्री ओलीले लिए 'राष्ट्रिय परिचयपत्र'

सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ।

उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो

अनुसन्धानकै क्रममा २०४९ र २०६२ सालमा डिल्लीबजार मालपोत कार्यालय प्रमुख रहेका क्रमशः कलाधर देउजा र टीकाराम घिमिरेले आयोगमै पुगेर बयान दिइसकेका छन्।

'व्यवसायी खुसी, यात्रु हैरान'

जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्