जैतुन जोगाउन सरकार उदासीन
कोल्टीलाई जैतुन विकास जोनका रुपमा विकास गर्ने भनिएपनि नारामा सीमित बनाउन खोजिएको छ । आएको रकम कर्मचारी अनुकूलका कार्यक्रम बनाएर बिल भरपाई मिलाउने बाहेक कुनै उपलब्धि नदेखिएकोमा गुनासो बढ्न थालेको छ ।
कोल्टीलाई जैतुन विकास जोनका रुपमा विकास गर्ने भनिएपनि नारामा सीमित बनाउन खोजिएको छ । आएको रकम कर्मचारी अनुकूलका कार्यक्रम बनाएर बिल भरपाई मिलाउने बाहेक कुनै उपलब्धि नदेखिएकोमा गुनासो बढ्न थालेको छ ।
नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए।
सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन्।
सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।
श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले सरकार श्रम नियमावली ल्याउने तयारीमा लागेको बताएका छन्। नेपाल श्रमिक आपूर्तिकर्ता संघद्वारा विहीबार आयोजित कार्यक्रममा मन्त्री मन्सुरले सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको बताए।
नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन ।’
ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताएका छन्।
नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उनले ओली प्रधानमन्त्री बन्ने बताएका हुन्। ‘वाम गठबन्धनमा एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ,’ नेता नेपालले भने।
विकट गाउँ । न मोटर बाटो न निर्माण सामग्री नै । तिप्लिङका दावा लामाले आफ्नै शैलीमा घर ठड्याएका छन् । २०७२ साल वैशाखमा गएको भूकम्पले बस्दै आएको घर ढलाएपछि लामा परिवारको टहरामा बास हुन पुग्यो । दुई बर्खा टहरामा गुजारेपछि उनले आफ्नै पहलमा घर बनाए ।
पछिल्लो समय मुलुकमा भ्रष्टाचार बढेको तथ्य आमसञ्चारका विभिन्न माध्यमले दिनहुँ सार्वजनिक गरिरहँदा पनि सरकार मुकदर्शन बनेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आपत्ती जनाएको छ ।
त्रिविवाट सम्बन्धन पाएका दश वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सरकारी आंगीक क्याम्पसको मान्यता दिन अन्तिम चरणको काम थालेको छ ।
नवलपरासी जिल्लास्थित मध्यबिन्दु नगरपालिकाका ३ सय ९ घरधुरी ‘सुकुम्बासी’ बस्ती नउठाउन सर्वाेच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।
सरकारले तोकेअनुसार पश्चिम दाङमा रहेको बबई गाउँपालिकाको कार्यालय ‘हंशपुर’ मा सञ्चालन भयो । गाउँपालिका अध्यक्षका लागि यो स्थल पायक थिएन । उनले स्थानीय तह सञ्चालनका लागि तय भएको नियम कानुन तोडेर गाउँपालिका कार्यालय आफ्नो पायकमा सारे । अध्यक्ष भुवनेश्वर पौडेलले गत २ गते गरेको यो एकल निर्णयले अहिले चरम विवाद निम्त्याएको छ ।
मन्त्रिपरिषद्को बिहीबार (पुस १३) को बैठकमा ऊर्जा मन्त्री कमल थापाले यस्तो प्रस्ताव लगे जसको विरोध कुनै पनि सदस्यले गरेनन् । उनको प्रस्ताव थियो– मन्त्रिपरिषद्का तत्कालीन उपाध्यक्ष तुलसी गिरीलाई आर्थिक सहायतास्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने । प्रधानमन्त्री शेरबहादुर देउवाले टाउको हल्लाएर सो प्रस्तावको समर्थन गरे ।