१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

को हुन् बालेन्द्र शाह ?

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।

गृहमन्त्रीको १९१ दिन: चुनौतीपूर्ण समयमा सफलतापूर्वक निर्वाचन र सुशासनमा सुधार

मन्त्रालयको जिम्मेवारीबाट बिदा लिँदै गर्दा गृहमन्त्री अर्यालले भने, ‘हामीले ‘अवस्थालाई सामान्यीकरण’ गर्‍यौँ। त्यसपछि कानुनी राज्य पुनः स्थापना गर्‍यौँ। हामीले स्पष्ट रूपमा बुझ्यौँ-सुशासनको अभावकै कारण विद्रोह भएको हो। त्यसैले सुशासन सुधार, सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राख्यौँ।’

रामनवमीले राष्ट्रिय एकता थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका हुन्।

असत्यमाथि सत्यको विजय: विधिपूर्वक मनाइँदै रामनवमी

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।

अब बालेन्द्रको काँधमा मुलुकको बागडोर

संसदीय दलको नेतामा चयन भएका शाहलाई बैठकमा पार्टी सभापति लामिछानेले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए ।

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा र दर्शन

असनमा राति करिब १०:०० बजे उनले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना गरेका हुन्। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुन कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ।

नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।

देशभर मौसम बदली: बागमतीसहित यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

नयाँ प्रधानमन्त्रीमा बालेन्द्रको शपथ आज: शीतल निवासमा तयारी पूरा

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।

प्रिय बन्दै ‘कोर्ट म्यारिज’

चैत महिना छ, परम्परागत विवाह गर्न लगन, तिथि र मिति जुरेन । त्यो नभएपछि घरपरिवारको अनुमतिमा अदालती विवाह गर्ने निधो गरेँ ।

बालेन्द्र वेग

यावत् चुनौतीबिच बालेन्द्रले मुलुकको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी ग्रहण गर्दै छन्। मुलुकको प्रधानमन्त्रीले चाहँदा धेरै पक्ष परिवर्तन हुन्छन्। मुलुकको सबैभन्दा माथिल्लो ओहदाको व्यक्ति असल भएपछि देश सुध्रिन धेरै बेर लाग्दैन।

आज रंगीचंगी बनेको सिंहदरबार

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ।

भारतसहित पाँच देशलाई हर्मुज जलमार्ग खुला

इरानले मैत्रीपूर्ण सम्बन्ध भएका भारतसहित पाँच देशका पानीजहाजलाई हर्मुज जलमार्ग प्रयोग गर्न अनुमति दिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्