२० आश्विन २०८१ आइतबार
image/svg+xml

तपाइँलाई तनाव भयो ? यसो गर्नुस्

यसबाट चिन्ता लिने मात्रामा पनि कमी आउने एउटा अध्ययनले दावी गरेको छ। सामान्यतया विद्यार्थीहरु परिक्षाका बेलामा धेरै तनावमा रहने गर्छन्। यसै विषयलाई आधार मानेर वासिङटन स्टेट यूनिवर्सिटीका शोधकर्ताहरुले सो अध्ययन गरेका थिए।

तरकारी तनाव

नेपालले भारतबाट आयात गर्ने तरकारीमा विषादी जांँच गर्ने प्रयास भारतले रुचाएन र दुई देशबीच ‘तरकारी तनाव’ सुरु भएको छ। अर्कोतिर नेपाली उत्पादन (चिया, अलैँची, अदुवा, जडीबुटी, तरकारी इत्यादि) भारत जाँदा भारतीय सिमानामा लाग्ने रोक पनि नेपालका लागि निरन्तर तनावको विषय बनेको छ। दुई देशबीच रहेको यो व्यापारिक समस्यालाई दुवै देशका लागि न्यायपूर्ण तरिकाले समाधान गर्न नसक्नु दूर्भाग्यपूर्ण मात्र नभई दक्षिण एसियाली देशहरूको आर्थिक कूटनीतिका रूपमा व्यापक असफलताको चिह्न हो।

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

आक्रोसित आफन्तले शनिबार बिहान जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन्।

अमेरिकासँग युद्धको सम्भावना नरहेको इरानको भनाइ

अमेरिका र इरानबीच तनाव बढिरहेकै बेला तेहरानले मध्यपूर्वमा युद्धको सम्भावना नरहेको बताएको छ । खाडी क्षेत्रमा युद्ध होलाजस्तो आफूलाई नलागेको इरानी विदेशमन्त्रीले शनिबार बताएका छन् । उनले इरानले युद्ध नचाहेको बताउँदै कुनै पनि देश आफूहरुसँग आमनेसामने हुनेमा कुनै भ्रम नभएको बताएका छन् ।

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का: राष्ट्रसङ्घ महासचिव

अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्।

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए।

राष्ट्रसंघका महासचिवद्वारा लिवियाली तनावबारे चासो व्यक्त

पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गरेका छन्।

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

पाकिस्तान र भारतबीचको सीमा विवादको यतिवेला नेपालमा भइरहेको व्यापार मेलामा प्रत्यक्ष रुपमा देखापरेको छ। ८ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा पाकिस्तानले २५ वटा स्टल बुक गरेको थियो। तर उसले दुई वटामा मात्र भाग लियो। दुई देशबीचको विवादले बुकिङ भएका स्टलसमेत त्यत्तिकै रहे।

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। नगरपालिकाको कार्यालयमा आइतबार टेन्डरको दरखास्तको विषयमा विवाद चर्किएको थियो। नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको थियो।

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

भेनेजुएलामा पाँच दिनदेखि जारी विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट)का कारण विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। पाँच दिनदेखि जारी विद्युत् आपूर्ति कटौतीका कारण कम्तीमा १७ जनाको मृत्युसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

एउटा बुँदा हटाउँदा ५ हजार कर्मचारी ‘तनाव’मा

प्रशासन कानुन मस्यौदामा एउटा बुँदा हटाउँदा एकैपटक करिब ५ हजार कर्मचारी ठूलो मर्कामा पर्ने भएका छन्। मर्कामा पर्ने कर्मचारीमध्ये धेरैजसोले संघीय निजामती सेवा ऐन २०४ लागू हुनुअघि नै राजीनामा गर्ने तयारी गरेका छन्। हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा निवृत्तीभरणसम्बन्धी व्यवस्था गरिएको एउटा बुँदा संसद्मा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदामा हटाइएपछि त्यसबाट करिब ५ हजार कर्मचारी प्रभावित हुने भएका हुन्।

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

रुकुम (पूर्व) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै गएको हो। जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।

सर्लाहीको सुन्दरपुर तीन दिनदेखि तनावग्रस्त

स्थानीय मदरसाको आर्थिक कारोबारका विषयमा स्थानीयबीच पटक–पटक झडप हुँदा सर्लाहीको सुन्दरपुर गाउँ तीन दिनदेखि तनावग्रस्त छ। अहिलेसम्म तीन जना घाइते भइसकेको र आधा दर्जन घरमा तोडफोड भएको स्थानीय बासिन्दाले बताएका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित रिजबिया हिदातुल मुस्लिमन मदरसामा आर्थिक अनियमिता भएको भन्ने विवादमा शनिबारयता पटक–पटक झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्