२८ पुस २०८१ आइतबार
image/svg+xml

शिक्षकलाई तलब खुवाउन देउसीभैलो

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले चार लाख ५३ हजार जुटाएको छ।

जनप्रतिनिधिसहित पाँच जना थुनामा

पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्।

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।

उदयपुरमा तीन सय विषयगत शिक्षकको दरबन्दी रिक्त

सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि राज्यले बर्षेनी अर्बौं रकम खर्चदै आएको छ। तर पनि नतिजा चित्तबुझ्दाे आउन नसकेको जगजाहेर छ। विद्यालयलाई गुणस्तरीय बनाउन आवश्यक पहिलो दक्ष जनशक्ति विषयगत शिक्षक हो, त्यही चाही उदयपुरमा छैन्।

शिक्षक नियुक्तिमा विवाद : अधिकार मिच्दै गाउँपालिका अध्यक्ष, अदालत जाने चेतावनी

रोल्पाको एक स्थानीय तहमा गाउँपालिका प्रमुखले शिक्षक नियुक्तीमा बदमासी गरेको भन्दै ९ वटा बिद्यालयका बिद्यालय ब्यस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले न्यायको माग गरेका छन्। गंगादेब गाउँपालिका प्रमुख बिरबहादुर खत्रीले आफ्ना मान्छे भर्ना गर्न शिक्षाका श्रोत ब्यक्ति, सम्बन्धित बिद्यालयका बिद्यालय ब्यस्थापन समिति र प्रधानाध्यापकलाई कुनै पनि प्रक्रियामा सहभागी नगराएको आरोप लगाएका छन्।

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन।

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

स्थायी गर्न माग गर्दै राहत शिक्षकको प्रदर्शन

राहत शिक्षकहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पेशागत सुरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्‍याएर स्थायी गर्नु पर्ने शिक्षकहरुको माग छ।

शिक्षक महासङ्घद्वारा आन्दोलन घोषणा

नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ।

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा

जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन्।

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट, कानमा गम्भीर चोट

बर्दियामा एक शिक्षकले छात्रामाथि निर्घात कुटपिट गरेका छन्। गुलरिया नगरपालिका ३ स्थित सिरकोईया आधारभुत विद्यालयका शिक्षक विजय यादवले कुटपिटबाट चार कक्षामा अध्यनरत ९ बर्षीया छात्रा चन्दा तमौलीको दुबै कानमा गम्भीर चोट लागेको छ।

शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

असोज १ गते सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित देखिए।

सफल प्रशिक्षक बन्न अर्काे प्रयास

डिएगो  म्याराडोना आफ्नो खेलकलाका कारण खेलाडीका रूपमा विश्वकै सर्वकालीन खेलाडी भए पनि प्रशिक्षकका रूपमा भने उनले खासै छाप छोड्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्