मत तान्ने अस्त्र ‘गाली’
केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्।
केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्।
‘अब म कसैलाई कुर्दिनँ, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफैं मैदानमा आएको छु।’
‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’
‘भष्ट्रचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे।
कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच आज भेटवार्ता भएको छ।