९ मंसिर २०८१ आइतबार
image/svg+xml

तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा

विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

२५ औं दिनसम्म पनि उठेन शव, न्याय माग्दै माइती सडकमा

सीताका भाइ सुरजले दिदीको हत्या गरिएको भन्दै दोषीलाई कारबाही नहुँदासम्म शव नबुझने बताए। सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।

तिलोत्तमामा राष्ट्रपति रनिङशिल्ङ्ग प्रतियोगिता सुरु

तिलोत्तमा नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङशिल्ङ्ग छनौट प्रतियोगिता सुरु भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको नगरस्तरीय प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले बताए।

पोखरी अतिक्रमण रोक्न तिलोत्तमालाई पुरातत्वको पत्र

पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।

तिलोत्तमा प्रिमियर लिग : रेन्बो ज्ञानोदयलाई उपाधि

रुपन्देहीमा जारी सर्वोत्तम प्रिमियर लिगको उपाधि रेन्बो ज्ञानोदय गोल्डस्ले जिेतेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा मणिग्रामकिंगसलाई ८ विकेटले पराजित गर्दै ज्ञानोदयले उपाधि चुमेको हो। उपाधिसँगै ज्ञानोदयले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

१६ अर्बको लगानी प्रतिबद्धता

झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको

१५ करोडको कापी उद्योग

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, परसहवामा १५ करोड रुपैयाँ लगानीमा कापी उद्योग सञ्चालनमा आएको छ। २७ युवा मिलेर नयाँ प्रविधि लाइनोमेटिक प्रविधिसहितको कापी उद्योग खोलेका हुन्।

रुपन्देहीमा प्रदेश मेडिकल कलेज स्थापना हुँदै

प्रदेशको अस्थाइ मुकाम रहेको रुपन्देहीमा सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ। प्रदेशलाइ आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्ने र विशिष्टीकृत सेवाहरू प्रदशमै सर्वसुलभ उपलब्ध गराउने सरकारको नीतिअनुरूप प्रदेश ५ को रुपन्देहीमा सरकारी मेडिकल कलेज स्थापना गर्न लागिएको हो। प्रधानमन्त्रीले शुक्रबार आयोजनाको औपचारिक उद्घाटन गरेसँगै मेडिकल कलेज स्थापनाका लागि गुरुयोजना निर्माण गर्ने, इआए, जग्गा प्राप्तिलगायतका काम सुरु भएको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले बताए।

तिलोत्तमा गोल्डकपकाे उपाधि दाफिन्सलाई

पाहुना टोली दाफिन्स एफसी क्यामरुनले २१ औं तिलोत्तमा गोल्डकपको उपाधि उचाल्दै सिजनको ह्याट्रिक गरेको छ। बूढासुब्बा गोल्डकपको बदला लिने दाउमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५  गाेल अन्तरले क्यामरुनी टोलीले स्तब्ध पार्दै उपाधिमा कब्जा जमाएकाे हाे।

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र दाउफिन्स भिड्ने

नेपाल पुलिस क्लबले तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्तमा दाउफिन्ससँगको भेट पक्का गरेको छ। शनिबार भएको सेमिफाइनल खेलमा च्यासल यूथ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

मनाङ्लाई पराजित गर्दै भ्याली च्यासल तिलोत्तमा गोल्डकपकाे सेमिफाइनलमा

अफ्रिकी खेलाडी अर्मन्डको गोलबाट लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

झापा ११ माथि दाउफिन्सको फराकिलो जित

झापा ११ लाई भारी गोलअन्तरले हराउँदै पाहुना टोली दाउफिन्स एफसी क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

तिलोत्तमा गोल्डकप : दार्जिलिङलाई हराउँदै पुलिस सेमिफाइनल प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। एन्फा एकेडेमी खेल मैदान देवीनगरमा मंंगलबार भएको खेलमा पाहुना टोली दार्जिलिङ युनाइटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो।

तिलोत्तमा गोल्डकप : च्यासल युथलाई सफलता

सिएमजी क्लब संकटालाई २–० ले हराउँदै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा पुरेको छ। सोमबार बुटवल देवीनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा च्यासलले संकटालाई सजिलै पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ सुरु भएलगत्तै गोल गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्