लुइस श्रीलंकाली ब्याटिङ प्रशिक्षक
श्रीलंकाले आगामी वर्ष इङ्ल्यान्डमा आयोजना हुने विश्वकपका लागि टोली बलियो बनाउने योजनाअन्तर्गत बिहीबार जोनाथन लुइसलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
श्रीलंकाले आगामी वर्ष इङ्ल्यान्डमा आयोजना हुने विश्वकपका लागि टोली बलियो बनाउने योजनाअन्तर्गत बिहीबार जोनाथन लुइसलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।
श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजिनामा दिएका छन्। दुईमहिना लामो राजनीतिक संक्रमणका बीच राजपाक्षले राजिनामा दिएपछि श्रीलंकाको राजनीतिले लय समाउने अपेक्षा गरिएको छ।
नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका क्रममा उक्त योजना अघि सारेका हुन्।
अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टिभ रिक्सनलाई श्रीलंकाले फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गर्ने शनिबार जनाएको छ। पछिल्लो समय श्रीलंकन टोलीमा देखिएको फिल्डिङे समस्या हल गर्नका लागि श्रीलंकाले अस्ट्रेलियन पूर्वक्रिकेटरलाई फिल्डिङ प्रशिक्षक नियुक्त गर्न लागेको हो।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन्। उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो।
श्रीलंकाली संसद्ले बिहीबार प्रधानमन्त्री कार्यालयको बजेट कटौटी गरेको छ। विवादित प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अप्ठेरो पार्ने उद्देश्यले संसद्ले प्रधानमन्त्री कार्यालयको बजेट कटौती गरेको बताइएको छ।
देशमा भएको गृहयुद्धका बेला भएका हत्यालाई लुकाएको आरोपमा श्रीलंकाका एक उच्च् सैन्य अधिकारीलाई नियन्त्रणमा लिइएको छ।
नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ। आइतबार रिपोर्टर्स क्लबमा आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरी नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जनाएको छ।
इङ्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा आइतबार ५७ रनको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन्।
रोशेन सिल्भाको अर्धशतक मद्दतमा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ४६ रनको झीनो अग्रता लिएको छ।
स्पिनरहरूले अनुशासित प्रदर्शन गरेपछि श्रीलंकाले बुधबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई पहिलो इनिङमा २ सय ८५ रनमा सीमित पारेको छ।
श्रीलंकाका राष्ट्रपति मैथ्रिपला सिरिसेनाले देशको संसद् भंग गरेपछि राजनीतिक संकट गहिरिँदै गएको छ। बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदबाट हटाएर पूर्वराष्ट्रपति महिद्रा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति सिरिसेनाको संसद् भंग गर्ने निर्णयले श्रीलंकाको राजनीतिक संकट थप गहिरिएको हो।
श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन्।