२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुस्तैनी बाटोमै फर्कियो बाघ

माघ अन्तिम सातादेखि कैलालीवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर बाघको ओहोरदोहोर भने त्यस क्षेत्रमा नयाँ होइन। पुस्तैनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कलझुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद् बताउँछन्।

कञ्चनपुरमा दम्पतीको बिभत्स हत्या

कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ कलुवापुरमा एक दम्पतीको बिभत्स हत्या गरिएको छ। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती करिब २० वर्षीया धनादेवी भण्डारीको बिभत्स हत्या भएको अवस्थामा बिहीबार फेला परेको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज कार्कीले बताएका छन्।

कञ्चनपुरका छात्रा नियमित विद्यालय जान थाले

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन्। विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्थामा सुधार गरिएपछि रजस्वला हुँदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन्।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

छिमेकीको पर्खालमा ठोक्किएर मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ। मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ।

खेतमै उम्रिन थाल्यो धान

आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।

भारी बर्षाले कञ्चनपुरमा डुबान, चुरे क्षेत्रमा तटबन्ध भत्किँदै (फाेटाे फिचर)

गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। बर्षाकै कारण भीमदत्त नगरपालिका–३ को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ। त्यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरको विष्णु टोलको तटबन्ध पनि भत्किन थालेको छ। बर्षाले विद्यालय परिसरमा पानी भरिएपछि अधिकांश विद्यालयले मंगलबार विद्यार्थीलाई घर फर्काएका छन्।

आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसकाे विरोध

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ।

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

निर्मला हत्याका १० महिनाप्रहरी अझै ‘सुराक’कै खोजीमा

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते।

शिक्षक संगठनका उपाध्यक्ष पक्राउ

प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ।

पूर्वएसपी विष्टसँग अदालतद्वारा साढे १० लाख धरौटी माग

निर्मलाको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख रुपैयाँ र बलात्कार र हत्या हुँदाको प्रमाण नष्ट गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले साढे ४ लाख धरौटी माग गरिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।

कञ्चन विद्या मन्दिरमा कृषि बैंकको काउन्टर

कञ्चनपुर जिल्लाको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ।

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन्। घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था सामान्य रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्