२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जमिनमुनि लुकाएर राखेको १८ किलो सुन बरामद

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ। जमिनमुनि गाडेर राखिएको १८ किलो सुन प्रहरीले बिहीबार बरामद गरेको हो।

कञ्चनपुर उद्याेग वाणिज्य संघमा मल्ल

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी सञ्जीवचन्द्र भट्टलाई दुई सय ७७ मतले पछाडि पार्दै मल्ल विजयी भएका हुन् ।

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन।

त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

मल अभावले गहुँ छर्न ढिलो

हरेक वर्ष कात्तिक दोस्रो साता कृष्णपुर–९, पिपरी कञ्चनपुरका छेदाराम राना खेतमा गहुँ छरिसक्थे । तेस्रो सातासम्म त खेतमा गहुँ टुसाइसक्थ्यो । तर, यसपलि भने उनको खेत जोत्नै बाँकी छ।

जङ्गली हात्तीको झुण्डले घर भत्कायो

कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काएकाे छ।

कञ्चनपुरमा ३ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ मा एक तीन वर्षीया बालिका बलात्कृत भएकी छिन्। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्त र बेल्डाँडी र कृष्णपुरका दुई घटना सेलाउन नपाउँदै चौथो घटना भएको छ। आइतबार बेलुका भीमदत्त नगरपालिका १२ मा बालिकाको बलात्कारको भएको हो।

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानको लागि एसपी सिंहको नेतृत्वमा महिला टोली

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी मुख्यालयले एसपी दुर्गा सिंहलाई पठाएको छ।

‘५० दिन भयो,निर्मला हत्या छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५१ दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको अाराेप उनीहरूकाे थियाे।

बम दिदीबहिनी रिहा

निर्मला पन्तका सहपाठी रोशनी बम र बबिता बमलाई सरकारी वकिल कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार रिहा गरेको छ।

निर्मला हत्या प्रकरण : विष्टमाथि अनुसन्धानका लागि म्याद थप

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा केही समयअघि सार्वजनिक गरिएका आरोपी दिलीपसिंह विष्टमाथि अनुसन्धानका लागि अाइतबार दुई दिन म्याद थप गरिएको छ।

प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर जाने भएका छन्। निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानविनका लागि गठित उच्चस्तरीय समितिले थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन आग्रह गरेकै समयमा महानिरीक्षक खनाल आज कञ्चनपुर जान लागेका हुन्।

‘कञ्चनपुरमा फेरि आन्दोलन’

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा वास्तविक दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भएमा पुनःआन्दोलन उठ्ने भएकाले सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

महेन्द्रनगरमा सिआइबीको अर्को टोली

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको पाँच साता नाघिसक्यो । घटनापछिको उग्र आन्दोलन र प्रहरीको सुस्त कार्यशैलीका कारण घटनाको अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन ।

बलात्कार अाराेपी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ की एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्