२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

चेम्बरमा पाक्न थाले केरा

चितवनमा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन्।

रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’

जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ।

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो।

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन। यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो।

किसानलाई फलफूलका बेर्नामा अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको छ।

जसले सरकारी अनुदान अस्वीकार गरे!

चितवनका नमुना किसानमध्येमा पर्ने उनीहरू भन्छन्– झन्झटिलो सरकारी अनुदान लिन धाइरहनुभन्दा खेतबारीमै काम गर्दा राम्रो आम्दानी हुन्छ।

मुस्ताङमा ५५ करोडको स्याउ उत्पादन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

परियोजनाद्वारा चितवनमा करिब ४ करोड बराबरका अनुदानका योजना

परियोजनाले तरकारी, केरा, धान र मौरी पालक किसानका लागि प्रस्ताव आह्वान गरेको हो। परियोजनाले सबैभन्दा धेरै धान जोन अन्तरगत २ करोड ४ लाख २१ हजार रुपैयाँका कार्यक्रमका सञ्चालन गर्न लागेको छ। त्यस्तै केरा जोन अन्तरगत ६७ लाख, मौरी जोनका ६२ लाख र तरकारीमा ३० लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको परियोजाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन्।

तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्