स्याउ बिरुवा बेचेर करोडौं कमाउँदै जुम्ला
जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए। उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो।
जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए। उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो।
मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बालिले ६ महिना पुरै खान नपुग्ने भएपछि पुर्खौदेखि खेती गरिदै आएको पाखोबारीमा व्यवसायीक स्याउ खेती सुरु गर्न थालिएको हो।
जुम्लामा बर्सेनि स्याउको क्षेत्रफल बढ्दै गइरहेको छ। स्याउखेतीबाट किसानलाई फाइदा हुन थालेपछि किसान स्याउखेतीमा आकर्षित हुन थालेका हुन्।
रसुवागढी नाकाबाट पछिल्लो समय चिनियाँ स्याउको आयात घटेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो।
हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ। हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन्।
यो समयमा जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत हरेक सैनिक स्याउ बगैंचा व्यवस्थापनमा जुटेका छन्। उनीहरु स्याउको बिरुवा रोप्न खाल्डो खन्नेदेखि मलखाद व्यवस्थापन र गोडमेलमै व्यस्त छन्।
यो समयमा जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत हरेक सैनिक स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन्। उनीहरु स्याउको बिरुवा रोप्ने, खाल्डो खन्नेदेखि मलखाद्य व्यवस्थापन र गोडमेलमै व्यस्त छन्।
गरिबी, अशिक्षा र पछौटेन पर्याय बनेको कर्णाली अहिले स्याउनले धनी बनेको छ। कर्णालीमा स्याउबाटै झण्डै एक अर्ब भित्रिने गरेको सरोकारवाला बताउँछन्।
जुम्लामा स्याउका चानाबाट मात्र दुई करोड ५० लाख रूपैयाँ भित्रिने गरेको छ। खेर गइरहेको स्याउबाट चाना बनाइन्छ। चाना बाह्रै महिना पाइन्छ। जुम्लामा उत्पादित ‘सी’ र ‘डी’ ग्रेडको स्याउबाट चाना बनाउने गरेको कृषि प्राविधिक बताउँछन्।
जुम्ला सिँजा गाउँपालिकाका रामसिंह रावल स्याउ लिएर काठमाडौं पुगेका छन्। स्याउखेतीमा लागेका उनले आफ्नै फर्म दर्ता गरेर प्याकेजिङ, लेबलिङ र ग्रेडिङ गरे। ग्रेड ‘ए’ र ग्रेड ‘बी’ स्याउ बजार पुर्याउँदा उनको स्याउ थन्किएन। बरु मागअनुसार पुर्याउन नसकिएकोमा उनी दुःखी छन्। उनले भने, ‘जुम्ली स्याउप्रति सबैको धारणा सकारात्मक छ। तर नपाकेको र ग्रेडिङ नगरेको स्याउ बजार लैजाँदा किसानलाई घाटा भएको देखिन्छ।’
फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्ष्य गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।
फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्षित गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनको दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।
हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको गुनासो आइरहेका बेला नेपाली उपभोक्ताले अमेरिकामा फलेको स्याउ खाइरहेका छन्।
रसिलो र स्वादिलो हुने बाजुरामा फलेको प्रांगारिक स्याउ धनगढीलगायत सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ। त्यहाँ फलेको प्रांगारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे। वर्षभर भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी दसैंको मुखमा स्वदेशी स्याउ पहिलोपटक आफ्नै बजारमा पाउँदा खुसी छन्।