बाघको संरक्षणमा नेपाल अग्रणी मुलुकः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।
आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।
बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।
टीकापुरको बस्ती नजिकै आफ्नो बच्चासहित पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ।
विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्। आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्।
पोखरा सांस्कृतिक सहर हो। यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन्। संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन्। पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रा लगायतका जात्राहरु हुने गरेका छन्। त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेर पनि बुढापाकाले भन्ने गरेका छन्। तिनै जात्रा मध्येको एउटा बाघजात्रा पनि हो।
खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।
कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ।निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो।
बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो।
कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।
हेटौंडामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार बिहान बाख्रा चराउन गएका हेटौंडा–१५ रातोमाटे सयफुटका दुईजनालाई बाघले आक्रमण गरी घाइते बनाएको हो।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन्।