२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा लोपोन्मुख ध्वाँसे चितुवा फेला

उद्धार र उपचारपछि डिभिजन वन कार्यालय उदयपुरमा राखिएको ध्वाँसे चितुवा । तस्विरः महेश्वर

लोपोन्मुख वन्यजन्तु ध्वाँसे चितुवा उदयपुरमा मंगलबार फेला परेको छ। जिल्लाको बेलका नगरपालिका १ स्थित यशोदा खोलाको जंगलमा घाईते अवस्थामा फेला परेको ध्वाँसे चितुवाको उद्धार गरी डिभिजन वन कार्यालय गाईघाट ल्याइएको छ।  

खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्। घाईते ध्वाँसेलाई कार्यालय ल्याएर उपचार गरी अहिले डिभिजन वन कार्यालय गाईघाटमा राखिएको डिभिजनका सूचना अधिकारी जागेश्वर साहले बताए।

निमित्त डिभिजनल वन अधिकृत रामभगत यादवले चितुवालाई कसैले ढुंगाले हिर्काएर घाईते बनाएको हुनसक्ने बताए। उद्धार गर्दा चितुवाको मुखको तल्लो दाँत भाँचिएको तथा मुखमा चोट लागेको अवस्थामा फेला परेको उनको भनाई छ। प्राथमिक उपचारपछि केही निको भएको देखिएको चितुवालाई बुधबार विहान चितवनको राष्ट्रिय निकुञ्जस्थित ‘प्रकृति संरक्षण कोष, वैविक बिबिधता संरक्षण केन्द्र’मा पठाइएको छ।  

डिएफओ यादवका अनुसार ध्वाँसे चितुवालाई सरकारले नेपालका लोपोन्मुख तथा संरक्षित बन्यजन्तुमा सूचिकृत गरिएको छ। वन्यजन्तुमध्ये सूचिकृत जनावरमा गणना हुने  भएकाले यसको उपचार र संरक्षणका लागि संरक्षण केन्द्र पठाइएको उनले बताए। ध्वाँसे चितुवा नेपालमा पुगनपुग ५ सयको संख्यामा रहेको डिभिजन वनले जनाएको छ।  

प्रकाशित: १३ वैशाख २०८० ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App