२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मनमनमा भानुभक्त

संस्कृतमा लेखिएको वाल्मिकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्त आचार्यले जनजनलाई सजिलो बनाइदिए। संस्कृत भाषाको आधिपत्य भएको समयमा उनले नेपाली भाषाका पक्षमा आन्दोलनको शंखनाद् गरिदिए।

पूर्व प्रधानमन्त्रीको घर डुबानमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाकाे ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानमा लामा

पार्टीका आदर्श पुरुष भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन् । शुक्रबार प्रतिष्ठानका संस्थापक अध्यक्ष कांग्रेस महामन्त्री शशांक कोइरालाले कार्यव्यस्तताका कारण प्रतिष्ठानमा समय दिन नसकेको भन्दै लामालाई शुक्रबार प्रतिष्ठानको नेतृत्व सुम्पेका हुन् ।

नेपाल र मलेसिया भिड्ने

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ।

कांग्रेस बैठक सुरु, १४ वटा एजेन्डा तय

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो।

'भेन्डर फेर्ने सपना नदेखे हुन्छ, भोलि होइन आजै मलेसिया रोजगारी सुचारु गरौँ'

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्।

जनविरोधी जनप्रतिनिधि

नेपाली जनताले पटक—पटक नेपालका राजनीतिक दललाई आफ्नो ज्यानको बाजी लगाएर रगतको बलिदानी दिएर भएपनि सत्तामा पु-याए। व्यवस्था परिवर्तन गरिदिए। त्यसको एकमात्र उद्देश्य थियो– वर्तमान सरकारले दिने गरेको नाराः सुखी नेपाली र समृद्ध नेपालको चाहना।

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नेतृत्व लामालाई

आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्।

प्रधानमन्त्रीलाई ‘सिस्नो’ उपहार

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ सोलुखुम्बुले संयुक्त रूपमा प्रधानमन्त्रीलाई सिस्नो उपहार पठाएका छन् । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणबाट पछि हट्ने निर्णय गरेको विरोधमा दबाबस्वरूप जिल्लाबाट अग्र्यानिक सिस्नो उपहारको रूपमा पठाइएको हो ।

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनीः सञ्चारमन्त्रीलाई सम्हाल्नुस्, लगाम उपहार पठाउन नपरोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका मन्त्रीलाई संस्कार सिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।  बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले विप्लव समूहको हिंसालाई प्रोत्साहन गरेको भन्दै ‘दिनभरी विपी, रातभर विप्लव हो?’ भन्ने प्रश्न गरेका थिए।

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भन्सार कार्यालयलाई यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कार्यालयलाई सो लक्ष्य पुरा गर्न चुनौती थपिएको हो।

भारतमा भवन भासिँदा तीन नेपालीको मृत्यु

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।

‘हाम्रो कमजोर विषादी प्रयोगशालाको भारतले फाइदा उठायो’ (भिडियो)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल केमिकल सोसाइटीका अध्यक्ष निरञ्जन पराजुलीले विषादी परिक्षणबारे भारतले फाइदा उठाएको बताएका छन्। बुधबार साँझ नागरिक फ्रन्टलाइनको लाइभ सो मा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै यस्तो बताएका हुन्।

नागरिक फ्रन्टलाइन:: नेपाल केमिकल सोसाइटीका अध्यक्ष, निरञ्जन पराजुली

नागरिक फ्रन्टलाइन:: नेपाल केमिकल सोसाइटीका अध्यक्ष, निरञ्जन पराजुली

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्