२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाजेको सेकुवाले मनायो पाँचौं वार्षिकोत्सव

बाजेको सेकुवा न्युयोर्कले क्वीन्स न्युयोर्कमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय आउटलेटको पाँच वर्ष मनाएको छ।

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।

चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा

पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

एनपी साउद परराष्ट्र मन्त्री बन्ने

नेपाली काग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ।

अस्ट्रेलियामा नेपाल महोत्सव

दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजित महोत्सवमा सहभागी अस्ट्रेलियन नागरिक अमेलिया जोन्स नेपाली खाना मःम खान मेलामा आएको बताइन्। उनले बिस्तारै नेपालबारे बुझ्न थालेको तर विगतमा नेपाल भनेको भारतको एउटा सहर भन्ने बुझाइ रहेको बताउँदै आगामी केही वर्षभित्र काठमाडौं जाने इच्छा पोखिन्।

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरि निर्वाचित भएका छन्।

नेपाली राष्ट्रिय झण्डा महोत्सव

राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ।

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ।

नेकपा एसले बैशाख नौं गते नेकपा स्थापना दिवस मनाउने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ।

बोर्डद्वारा स्टक लाइसेन्सको पुनः आवेदन माग

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न, सिफारिस एवं वस्तु विनियम बजार सञ्चालन गर्न र कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि पुनः आवेदन माग गरेको छ।

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्