१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा

पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

आज आइतबारबाट नै प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गरेका हुन्।अब चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने निर्माण पक्षले बताएको छ।

निर्माता विराज विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं। हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं। सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं।’

उनले हलबाट चलचित्र निकाल्नुको कारण समेत उल्लेख गरेका छन्। उनले आफू थाकेको मात्र हारेको छैनभनेका छन्। नयाँ वर्षको दिन एकैदिन नेपाली हलमा तीन वटा चलचित्र प्रदर्शनमा आएको थियो। जारी, बुलाकी र विहेपास चलचित्र एक आपसमा भिडेका थिए।

प्रकाशित: ३ वैशाख २०८० ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App