८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन्।

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

प्रतिपक्षमाथि संक्रमणकालीन न्याय रोक्न खोजेको आरोप

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोक्न प्रतिपक्षी दल लागिपरेको आरोप लगाएका छन्।

तेस्रो राष्ट्रिय सहकारी सम्मेलन सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागु गर्न सहकारीलाई निर्देशन दिएका छन्।

पुँजीगत खर्च बढाउन प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन्।

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजना छिट्टै अगाडि बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ काे रुपमा विकास गर्न सकिन्छ: प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मूलभूत रूपमा पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

मिटरब्याज पीडितहरुलाई आजै प्रधानमन्त्रीले भेट्ने

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिवद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो।

सुशासन र समृद्धिका लागि तीन महिनामा धेरै काम भए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्