२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल दोस्रो तहमै

मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो ।

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ ।

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ।

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् ।

नेपाली समाजकाे बदलिँदाे अायाम

समाजलाई विभिन्न दृष्टिकोणमा हेर्न सकिन्छ। कहिलेकाहीँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्न सकिन्छ भने कहिलेकाहीँ पहिला अध्ययन–अनुसन्धान–विश्लेषण–संश्लेषण गरेर पछि मात्र निचोड निकालिन्छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

नेपाललाई धानमा आत्मनिर्भर बनाउन इरीसँग सम्झौता

नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ। आगामी ५ वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले साेमबार हस्ताक्षर गरे।

नेपाल र चीनको सीमा क्षेत्रमा व्यापार मेला

नेपाल र चीनको सीमा क्षेत्रमा हरेक वर्षको दुई पटक आयोजना हुने व्यापार मेला साेमबारबाट शुरु हुँदै छ।

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

नेपालको तराई भेगबाट उत्पत्ति भएको मिथिला कला र भारतको गुजरातको मण्डना कलाको इतिहास झन्डै समान छ । मिथिला कला तराई क्षेत्रको संस्कार र संस्कृतिको जग हो । त्यस्तै गुजरातको गन्धर्वपुरमा मण्डना घरघरै देख्न पाइन्छ । यी दुई कलाको संगम यतिबेला राजधानीको नेपाल कला परिषद्मा देख्न पाइन्छ।

चिनियाँ बैंक नेपालमा आउन इच्छुक

चीनले नेपालमा लगानी बढाउन थालेसँगै त्यहाँका बैंकहरु शाखा खोलेर वा रणनीतिक साझेदारको रुपमा नेपाल आउन इच्छुक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्ता तथा बैंक सञ्चालकहरुले नेपाल आउने चाहना राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्