डेढ करोड खर्चमा ८६ लाख भ्रष्टाचार
प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।
प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन्।
त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो? भन्दै गम्भीर प्रश्न पनि उठाए। सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको बताएका छन्।
भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन्। टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो। तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ।
घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान नारीको संज्ञा दिएका छन्। रामायणको पात्र सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान नारीको रुपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको बताए।
आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
भर्खरैमात्र संयुक्त राष्ट्र संघले ५० देशका १५० विज्ञले ३ वर्ष लगाएर गरेको अध्ययनका आधारमा सबैलाई तर्साउँदै भन्यो– आफूलगायत यो ग्रहमा रहेका दशौँ लाख प्रजातिको अस्तित्व खतरामा पारिरहेको छ मानिसको जातले। यो चानचुने सन्देश हैन। अनि यो सूचना प्रवाह गर्ने पनि चानचुने संस्था हैन। अनेक अर्थमा संसारभरकै मानिसको औपचारिक प्रतिनिधित्व गर्ने संस्था हो– संयुक्त राष्ट्र संघ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ।
विशेष अदालतमा न्यायाधीश कम हुँदा भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिन्न ढिलाइ भैरहेको छ। आइतबार चुडामणि शर्मा ढकाल र तिलक रावलसमेतको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा राखिए। भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिटोछरितो फैसला गर्ने उद्देश्यले बनाइएको विशेष अदालतमा तीनजना न्यायाधीश सरुवा भएपछि दैनिक एउटा मात्रै बेञ्च बस्ने गरेको छ।
प्रधानमन्त्री केपी ओलीसँग देश विकासको दरो प्रतिबद्धता छ भनी शंकाको सुविधा दिन सकिन्छ। त्यस्तै प्रम देशबाट भ्रष्टाचार न्यून गर्न चाहन्छन् भनी विश्वास गर्ने आधार पनि भेटिन्छन्। दुईतिहाइको कम्युनिस्ट सरकारको नेतृत्वसँग माथिका दुई सोच हुनुपर्छ भन्ने बुझाइ सामान्य हो तर यो हुन्छ कसरी ?
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर गरेको हो।
२०१७ सालमा नेपालमा पञ्चायती व्यवस्था आरम्भ भयो। उक्त व्यवस्थासँगै एउटा रोग पनि निम्त्यिो। त्यो थियो– भ्रष्टाचार।खासगरी यो रोगलाई पञ्चायतले मलजल ग-यो।२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो भनियो। अनि त्यसले चाहिँ यो भ्रष्टाचारलाई निर्मूल पार्छ भन्ने ठानिएको थियो तर विडम्बना, भ्रष्टाचार घट्नु त के झन् झन् संस्थागत पो हुन पुग्यो।