१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेस विवाद पेचिलो बन्दै

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद एकपछि अर्को गर्दै पेचिलो बन्न पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवादमा कांग्रेस नेताहरू यसअघि नै एक महिना लामो केन्द्रीय समिति बैठकमा अल्झेका छन्। आसन्न जिल्ला सभापति भेलामा पनि नेताहरू निर्वाचनमा पराजित हुनुमा एकअर्कामाथि दोषारोपण गर्नमै केन्द्रित हुने भएका छन्।

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

ट्रेड युनियन कांग्रेसको महाधिवेशन भोलिदेखि

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौंमा हुने भएको छ। चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ। जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

आइतबार तीन पटकसम्म बैठक बसेपछि प्रदेशसभाले प्रदेश कर तथा गैरकर राजस्व संकलन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक छलफलको लागि पारित गरेको छ। प्रदेशभामा दोश्रो पटक सदन अवरुद्ध भएतापनि सत्तापक्षले पेलेरै विधेयकहरु छलफलको लागि पारित गरेको यो पहिलो घटना हो।

कांग्रेसद्वारा प्रदेश ४ को संसद बैठक अवरुद्ध

प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर चारको संसद अवरुद्ध गरेको छ। प्रदेशको नामांकन र स्थायी राजधानीको विषय टुंगाएपछि मात्र अन्य विषयमा छलफल हुनुपर्ने भन्दै संसद अवरुद्ध गरेको हो।

कांग्रेसद्वारा संशोधन प्रस्ताव दर्ता

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा–सुविधा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ। संशोधनमा कामको आधारमा सेवा–सुविधा तोकिनुपर्ने उल्लेख छ। कांग्रेसले दर्ता गराएको संशोधन प्रस्तावमा वडा अध्यक्षको सेवा–सुविधा बढाइनुपर्ने उल्लेख छ।

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा नेता सुरेन्द्रराज पाण्डेलाई चयन गरेको छ।

‘अब डिजिटल कांग्रेस’

संगठनलाई चुस्त बनाउन नेपाली कांग्रेसलाई ‘डिजिटलाईज्ड पार्टी’ बनाउने तयारी थालिएको छ। पार्टीका हरेक गतिविधीलाई प्रविधीका माध्यमबाट कार्यकर्ता माँझ पुर्याउनुका साथै प्रविधीकै माध्यमबाट मत संकलन गर्ने रणनीतिमा कांग्रेस रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन्। कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कांग्रेसलाई जरैबाट परिवर्तन गरौंं : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जरैबाट परिर्वतन गरेर नयाँ उचाईमा पुर्‍याउनुपर्ने बताएका छन् । यसका लागि पार्टीलाई नयाँ खालको उर्जा आवश्यक रहेको धारणा राखे।

कांग्रेसका कयौँ कमजोरी,समाधान : कठाेर समीक्षा

यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।

कांग्रेस सभापतिको भेलाका लागि १० समिति गठन

नेपाली कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला आयोजनाका लागि तयारी सुुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा राष्ट्रिय भेला सफल बनाउन बिहीबार हेटौंडामा १० समिति गठन गरिएको हो।

बजेटले कर र ऋणको दायित्व बढायो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

सस्तो लोकप्रियता सरकारको पहिलो काम : काँग्रेस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्