१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्। काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र एकता आवश्यक रहेको बताए। “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने।

नीति तथा कार्यक्रम हावादारी : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । तर कार्यशैली हेर्दा हल्का र हावादारी लाग्छन् ।’

नीति तथा कार्यक्रम घोषणाको पुलिन्दा : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली जनताको समृद्धिको चाहना प्राथमिकतामा नपरेको ठहर गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान विज्ञसहितको संसदीय दल बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो घोषणाको पुलिन्दामात्र रहेको ठहर गरेको हो।

कांग्रेस नेताको प्रश्न– ‘१० वर्षभित्र मध्यम आय मुलुक बनाउने आधार के ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

कांग्रेस जिल्ला सभापतिको भेला जेठ २७ मा

नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

सरकार बनाउन नपाए कांग्रेस र जेडी (एस) सांसद धर्ना बस्ने

भारतको दक्षिणी राज्य कर्नाटकमा आफ्नो बहुमत पुष्टि गर्न गभर्नर भाजुभाइ रुदाभाइ भालाले कांग्रेस र जनता दल (सेकुलर) (जेडी–एस)लाई आमन्त्रण नगरे दुवै दलका एमएलए र सांसदले राज भवन बाहिर बिहीबार प्रदर्शन गर्ने भएका छन्।

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

प्रदेश नम्बर दुईको संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कडा प्रतिस्पर्धामा उत्रेका छन् ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार भएको जनाएको छ।

माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए ।

काँग्रेसको महिला भेला सम्पन्न

नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्