१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सभामुखको भूमिकामाथि काँग्रेसले उठायो प्रश्न, थप छलफल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ। काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।

कांग्रेसले उपस्थित हुननसक्ने भनेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपस्थित हुननसक्ने जानकारी गराएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। कांग्रेसको आग्रहपछि संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन गरेको हो। अर्काे बैठक आइतबार ११ बजे बस्नेछ ।

सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ।बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ।

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

कांग्रेस सभामुखप्रति आक्रामक

प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग राख्दा सभामुख कृष्णबहादुर महराले यस विषयको बहसमा बन्देज लगाएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आपत्ति जनाएको छ।

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। नेपाली काँग्रेसले सरकारबिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले जनताले ओलीको बोली र गोली दुवै मन नपराएको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिए।

सर्वसत्तावाद विरुद्ध सडकमा : कांग्रेस

नेपाली कांग्रेसको राष्ट्रिय कार्यक्रम अन्तर्गत मंगलबार पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै कास्की कांग्रेसले पोखरामा वृहत र्‍याली प्रदर्शन सहित कोणसभा गर्‍यो।

प्रजातन्त्रको पाठ नसिकाउन नेकपालाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गोविन्द केसीको आन्दोलनबाट सरकार झुकेको भएपनि निरंकुशता र अधिनायकवाद कायमै रहेको बताएका छन्।

काठमाडौंमा कांग्रेसको विरोध जुलुस (फोटो फिचर)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट दिउँसो विरोध जुलुस निकालिएको थियो।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण

नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्‍याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्‍यालीमा प्रदर्शन गरेको हो।

पर्सामा पनि कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।  पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।

कांग्रेसको विरोध र्‍याली सुरु

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्