१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अझै गठन भएन विधान मस्यौदा समिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुलुकी ऐन र कर आतंकबारे छलफल हुने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन माग गरेको छ। बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै कांग्रेसले न्यायोचित करका लागि तत्काल उचित समाधानको पहल गर्न सरकारसँग माग गरेको हो।

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो।

कांग्रेस कार्यवाहक सभापति निधि भारत प्रस्थान

नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन। भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन निधि  दिल्ली प्रस्थान गरेका हुन।

पूर्वकेन्द्रीय सदस्य राणाकाे निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व. भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

सरकारको काममा ढिलाई भयो भन्ने आलोचना जायज छ : मन्त्री ज्ञवाली

सरकारको काममा ढिलाई भयो भनेर आएका आलोचनालाई अाफूहरूले सुझावको रुपमा लिएको बताउँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ।’

प्रदेशसभा सचिवालय व्यवस्था सम्बन्धिको विधेयकमा कांग्रेसकाे संशोधन प्रस्ताव

प्रदेशसभा सचिवालय व्यवस्था सम्बन्धिको विधेयकमा दलीय प्रतिनिधित्व हुनुपर्ने मागसहित उक्त विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन हालेको छ।

सत्ता र प्रतिपक्षबीच दूरी बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दूरी बढ्दै गएको छ।

न्यायपालिकाको स्वतन्त्रता रक्षा गर्न थप क्रियाशील हुने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रस्तावित प्रधानन्यायाधीशलाई अस्वीकृत गर्न लगाएर वर्तमान सरकारले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप गरेको ठहर गर्दै रक्षा गर्न गम्भीरताका साथ क्रियाशील हुने निर्णय गरेको छ।

कांग्रेस बैठक बस्दै, समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथी छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ।

कुरै ठूला, काम छैन

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ। नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

प्रधानन्यायाधीश नियुक्ती प्रकरणलाई काँग्रेसले संसदमा उठाउने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ। काँग्रेस संसदीय दलको शनिबार साँझ बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्