१२ असार २०८१ बुधबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरीक्षण

‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’

प्रहरी स्कुललाई रग्बीको दुई उपाधि

नेपाल प्रहरी स्कुल (एनपिएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ। प्रहरीको दुवै ब्वाइज/गर्ल्स टोली उपाधि चुम्न सफल भयो।

रग्बीमा बंगलादेशसँग पराजित

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखलाअन्तर्गतको पहिलो खेलमा मंगलबार नेपाली राष्ट्रिय पुरुष रग्बी टोली बंगलादेशसँग २०–० ले पराजित भएको छ।

भक्तपुरलाई सेभेन ‘ए’ साइड रग्बी उपाधि

एक ट्राइ बराबर पाँच अंक र एक कनभर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राइ गरेपछि नै कनभर्जन किक प्रहार गर्न पाइन्छ। नुवाकोट रग्बीले भने एक ट्राइ गर्न सफल भयो। पुरुषतर्फउपाधि विजेता भक्तपुर रग्बीले नगद १५ हजार र उपविजेता नुवाकोटले १० हजार रूपैयाँ प्राप्त गरे।

बाग्मतीस्तरीय रग्बी शनिबार

पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।

नेपाललाई विश्व रग्बीमा सिफारिस

रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी समक्ष सिफारिस गरेको छ ।

दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिकाले आइतबार घरेलु टोली जापानलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको छ। टोकियो स्टेडियममा आइतबार जापानलाई २६–३ स्कोरले स्तब्ध बनाउँदै दक्षिण अफ्रिकाले सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको हो। वेल्सले पनि आइतबार ओइतामा भएको खेलमा फ्रान्सलाई २०–१९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। यी दुई बीचको प्रतिस्पर्धा आगामी आइतबार योकोहामा स्टेडियममा हुनेछ।

न्युजिल्यान्डको सेमिफाइनल प्रतिद्वन्द्वी इङ्ल्यान्ड

आरोन स्मिथले दुई ट्राइ गरेको खेलमा डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डले शनिबार आयरल्यान्डलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ।

उरुग्वेको ऐतिहासिक जित

रग्बी विश्वकपको इतिहासमै तेस्रो पटक जित निकालेको उरुग्वेले समूह ‘डी’ बाट नकआउट चरणको दाबेदार मानिएको फिजीलाई ३०–२७ को रोमाञ्चक स्कोरमा स्तब्ध बनाउँदै यस विश्वकपमा यादगार सुरुआत गरेको हो।

सामोआको विजयी सुरुआत

रसियालाई स्तब्ध बनाउँदै सामोआले जापानमा जारी विश्वकप रग्बीमा विजयी सुरुआत गरेको छ। साइतामास्थित कुमगया रग्बी स्टेडियममा मंगलबार समूह ‘ए’ को खेलमा सामोआले रसियालाई ३४–९ स्कोरले हराउँदै विजयी सुरुआत गर्यो।

रग्बी टोली जापानतर्फ

जापानमा हुने कार्यक्रममा सहभागी हुन तीन सदस्यीय नेपाली रग्बी टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व रग्बीको ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रममा सहभागी हुन दुई खेलाडी र एक प्रशिक्षक मंगलबार जापान प्रस्थान गरेका हुन्।

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्