१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रहरी स्कुललाई रग्बीको दुई उपाधि

नेपाल प्रहरी स्कुल (एनपिएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको दुवै ब्वाइज/गर्ल्स टोली उपाधि चुम्न सफल भयो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित गर्‍यो। फेरि ल्यान्ड तेस्रो भयो। बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’ मा २–० ले हरायो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। पारामाउन्ट तेस्रो भयो। ब्वाइजमा प्रहरीका पदम चौलागाईं तथा गर्ल्समा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित भए। उनीहरू दुवैले ट्रफी प्राप्त गरे।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, आयोजक नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी र सविच गोविन्द घिमिरे लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एक दिने प्रतियोगिताको ब्वाइजमा १० तथा गर्ल्समा ९ टिम सहभागी थिए।

प्रकाशित: १७ असार २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App