१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सामोआको विजयी सुरुआत

अनिल मल्ल ठकुरी 
टोकियो– रसियालाई स्तब्ध बनाउँदै सामोआले जापानमा जारी विश्वकप रग्बीमा विजयी सुरुआत गरेको छ। साइतामास्थित कुमगया रग्बी स्टेडियममा मंगलबार समूह ‘ए’ को खेलमा सामोआले रसियालाई ३४–९ स्कोरले हराउँदै विजयी सुरुआत गर्यो।

पाँच राष्ट्र सहभागी समूह ‘ए’ मा रसियाले लगातार दोस्रो हार बेहोरेपछि क्वार्टरफाइनलमा पुग्ने सम्भावना कमजोर भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र जापानसँग हार बेहारेको थियो। दोस्रो खेलमा रसियाले सुरुआती दबाब दिए पनि शारीरिक रूपमा बलियो सामोआसँग निरीह बन्न बाध्य भयो।

निर्धारित ८० मिनेटको खेलमा सामोआले ट्राइ (५ अंक) गर्दै रसियामाथि अग्रता बनाएको थियो। सामोआका लागि अलापाती लियुआले १५औं मिनेटमा ट्राइ गर्दै अग्रता बनाएका थिए। त्यससँगै कठिन कर्नरबाट उनले कनभर्जन किक (२) को अवसर पाए पनि सदुयोग गर्न नसक्दा ५ अंकको अग्रतामै चित्त बुझाए।

त्यसपछि रसियाले लगातार दुई पटक पेनाल्टी अवसर पाएपछि  ६–५ को अग्रता लियो। खेलको १८औं र २५औं मिनेटमा युरी कुसनारेभले लगातार पेनाल्टी प्रहारमा स्कोर गरेपछि रसियाले अग्रता बनाएको थियो।

त्यस लगत्तै दबाबमा आएको सामाओका दुई खेलाडी खराब ट्याक पछि दुई मिनेटको अन्तरमा बाहिरिए। २७औं समनेटमा रे लिलो र २९औं मिनेटमा मोतु मातुयुले पहेंलो कार्ड पाउँदा सामाओका दुई खेलाडी त्यसपछिको १० मिनेटका लागि बाहिरिए।

सामोआको दुई खेलाडी कम भएको अवस्थामा रसियाले फाइदा लिन सकेन। पहिलो हाफसम्म सामोआले राम्रो डिफेन्स गर्दै रसियालाई थप स्कोर गर्न दिएन। तर, दोस्रो हाफमा दुई खेलाडी फर्किएपछि सामोआको आक्रमण सामु रसिया स्तब्ध बन्न बाध्य भयो।

खेलको ४४औं मिनेटमा सामोआका आफासेतितीले ट्राइ गर्दै १०–६ को अग्रता दिलाए। त्यसपछि थप आक्रामक बनेको सामोआले लगातार ट्राइको रणनीति बुन्दा सफल पनि भयो। ४८औं र ५२औं मिनेटमा एड फिडियोले लगातार ट्राइ गर्दै सामोआको अग्रता बढाए।

त्यसअघि ४९औं मिनेटमा तुसी पिसीले कनभर्जन किक (२ अंक) प्रहार गर्दा सामोआ थप बलियो बनेको थियो। ६२औं मिनेटमा रे लिलोले र ७९औं मिनेटमा आलापति लिउआले ट्राइ गरे।

यस समूह ‘ए’ मा १ खेलबाट सामोआ पाँच अंकसहित शीर्ष स्थानमा छ भने समान नै खेल खेलेको आयरल्यान्ड र आयोजक जापान ५४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्यान्ड र जापान स्कोर अन्तरमा पछि पर्दै तल झरेका हुन्। 

सामोआको २६, आयरल्यान्डको २४ र जापानको २० अंक छ । यस समूहमा एक खेलमा हार बेहोरको स्कटल्यान्ड चौथो र दुई हार बेहोरेको रसिया पुछारमा छन्।

ल पाँच समूह रहेको यस विश्वकपमा लिग चरणमा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

समूह ‘बी’ मा इटाली र न्युजिल्यान्ड, समूह ‘सी’ मा इङ्ल्यान्ड र फ्रान्स तथा समूह ‘डी’ मा वेल्स र अस्टे«लिया शीर्ष दुई स्थानमा छन् । यी छवटै राष्ट्रले आफ्नो समूहमा १/१ खेल खेलेका छन्।

कुल पाँच समूह रहेको यस विश्वकपमा लिग चरणमा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ आश्विन २०७६ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App