४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु

‘महानगरपालिकाले भने अनुसार नै घर बनाएको थिए,’ डोजरले भत्काईरहेको आफ्नो घर हेर्दै,’ श्रेष्ठले भने साईडका अरुका घर भत्काएको छैन्। मेरो इगो राखेर भत्काएको छ।’

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ। पाँच पुल सञ्चालनमा आएका छन्।

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

अल्टिमेटमले नारायणगढ-बुटवल सडकखण्डमा आंशिक सुधार

योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र योजनाको काम अपेक्षित गतिमा सुधार नभएको खण्डमा सोझै ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो।

नारायणगढ–मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए।

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, 'नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।'

नारायणगढ–मुग्लिन सडकः चालु आवभित्र १२ पुल निर्माण हुने

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम छ।

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो।

नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ। बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो ।

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्याे

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ। भरतपुर–२९ स्थित १८ किलोमा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्