५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

फाइल तस्बिर

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ। 

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो। 

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्।

यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय  ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन। स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन्।रासस

प्रकाशित: ३ भाद्र २०७९ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App