१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु

तस्बिरः वसन्त ढुंगाना

नारायणगढ स्थित सहिद चोकको मुख्य राजमार्गमै प्रेमकुमार श्रेष्ठका पाँच वटा घर छन्। उनले तीन बर्षअघि महानगरपालिकाबाट नक्सा पास सम्पन्न भएको प्रमाणपत्र लिएका थिए। तर, शुक्रबार तीनै पाँच वटा घरमा डोजर चल्यो। ‘महानगरपालिकाले भने अनुसार नै घर बनाएको थिए,’ डोजरले भत्काईरहेको आफ्नो घर हेर्दै,’ श्रेष्ठले भने साईडका अरुका घर भत्काएको छैन्। मेरो इगो राखेर भत्काएको छ।’  

सडक डिभिजन कार्यालय भरतपुरले सडक सिमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना सार्वजनिक गरेको थियो। तर, आफ्नो घर नभत्किनेमा उनी ढुंक्क थिए। ‘२०७६ सालमा घरको सम्पन्न भएको प्रमाणपत्र लिएको हुँ ।’ उनले अच्म्म मान्दै भने, कसरी मेरो घर प¥यो।’  

नारायणगढ बजारमा सडक सीमा खाली गर्ने भन्दै २०७१ सालमा पनि डोजर लगाइएको थियो। त्यसपछि उनले महानगरपालिकाको निर्देशन अनुसार घर बनाएका थिए। तर महानगरपालिकाले दोस्रोपटक फेरी डोजर चलाएको छ। नौ बर्षअघि बजार क्षेत्रका अधिकांश घरहर भत्काएको थियो। त्यतिखेर नारायणघाट बजार क्षेत्रका अधिकांश घरहरु भत्किएका थिए। अहिले २०७१ पछि नक्सा पास गरेर बनाएका संरचना पनि डोजरको निशानामा परेका छन्।  

चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको हो। सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन सुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट गोन्द्राङसम्मको सडक विस्तारको क्रममा १सय ६० भन्दा बढी घर भत्काउनका लागि सिमाङ्कन गरेको छ।  

‘नारायगढदेखि गोन्द्राङसम्मको मुख्य राजमार्गमा ५८ वटा घर पिलर भित्रै परेका छन। सयभन्दा बढी घरको पेटी र बरण्डा सडकमा परेका छन्,’ सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजिव मानन्धरले भने, ‘ती घरहरु भत्काउन सुरु गरेका हौँ।’ कार्यालयले दुई बर्षदेखि नै सडक क्षेत्रमा बनेका भौतिक संरचना हटाउन निर्देशन दिएको थियो। त्यसपछि दुई पटक सूचना निकालेर घरटहर भत्काउन लागिएको हो। हामीले धेरै बर्षदेखि सडकमा बनेका संरचना हटाउन भनेका हौँ। पछिल्लो समय ३५ दिने सूचना र १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेका थियौँ, उनले भने उहाँहरुले हटाउनुभएन हामीले नै डोजर चलाउनुप¥यो।  

मुख्य राजमार्ग ५० मिटरको रहने व्यवस्था छ। सोही अनुसार राजमार्गको बिच भाग दायाँ २५ बायाँ २५ मिटर छोड्नुपर्ने हुन्छ। सडक भित्र पर्ने संरचना हटाउने सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ । हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो। सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ।

सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नुपर्नेछ।

एक अर्ब १३ रुपैयाँ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक ६ लेनको हुँदैछ। सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुनेछ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन रहने छ। साथै तीनदेखि चार मिटरको फुटपाथ हुनेछ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुनेछ। पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।  अहिले गोन्द्राङदेखि हाकिमचोकसम्म कालोपत्रे भैसकेको छ। आयोजनाका अनुसार ६० प्रतिशत काम सम्पन्न भएको छ। बजार क्षेत्रमा घरटहर पर्दा काम गर्न समस्या भएको आयोजनाको दाबि छ।  

प्रकाशित: ८ पुस २०७९ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App