२० आश्विन २०८१ आइतबार
image/svg+xml

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लिगामेन्ट च्यातिएका बिरामीको शल्यक्रिया गर्ने क्रममा गम्भीर त्रुटि गरेको छ । बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ । पार्किङ गर्ने क्रममा स्कुटरले च्यापेर बायाँ घुँडाको लिगामेन्ट च्यातिएपछि उनी नर्भिकमा भर्ना भएकी थिइन्।

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्रचोकका ४२ वर्षीय हीरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो।

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ।

कांग्रेस हारको शल्यक्रिया

नेपाली कांग्रेस किन पराजित भयो ? यो प्रश्नको सान्दर्भिकता प्रतिदिन बढेर गएको छ । बितेका दुई सातायताका सबै सञ्चारमाध्यममा सोधिने प्रश्न र लेखिने टिप्पणीको विषय बनेको छ कांग्रेसको पराजय ।

टाउको जोडिएको जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया

दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

पूर्व प्रधानमनमन्त्री डा. भट्टराईको शल्यक्रिया

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ।

मेघराजको शल्यक्रिया सफल

देउमाई नगरपालिका–६, शान्तिडाँडाका आर्थिक अभावले आफ्नो उपचार गराउन नसकेका ५ वर्षे बालक मेघराज कोइरालाको शल्यक्रिया सफल भएको छ । पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य बालक कोइरालाको काठमाडौंस्थित काठमाडौँ मोडेल हस्पिटलले बुधबार करिब ३ घन्टा लगाएर शल्यक्रिया गरिदिएको हो ।

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

आर्थिक अभावले शल्यक्रिया गराउन नसक्दा पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य ५ वर्षे बालक मेघराज कोइरालाको काठमाडौंमा उपचार सुरु गरिएको छ। काठमाडौं मोडेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बालकलाई आइतबार साँझ काठमाडौं पुर्‍याइएको थियो।

तीन घण्टा लगाएर चार्ल्स शोभराजको मुटुको शल्यक्रिया

कुख्यात अन्तराष्ट्रिय अपराधि चाल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ। उनको सोमबार शहिद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको टिमले शल्यक्रिया गरेको हो। उनको शल्यक्रियामा चिकित्सकहरुले करिब तीन ३ घण्टा समय खर्चिएका थिए।

पेटबाट जिउँदा बाम, शल्यक्रिया गरेर निकालियो

हेर्दा सर्पजस्तो देखिने अन्धा बाम माछा कसैको पेटबाट जिउँदै निकालिएको सुन्दा पत्यारिलो लाग्दैन। तर, चीनमा एक जना मानिसको पेटबाट लामो बामा माछालाई जिउँदै झिकिएको छ। डाक्टरहरूले पेटबाट बाम झिक्दै गरेको भिडियो अहिले अनलाइनतिर भाइरल भएको छ।

अब रोबटले शल्यक्रिया गर्ने

प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।

पारसको अचानक शल्यक्रिया

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलको पूर्वसन्ध्यामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको शुक्रबार बेलुका पेटको शल्यक्रिया गरिएको छ।

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन्। उनको हाल ५०० किलोग्राम तौल रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्