२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फागुन १ देखि मुटुका भल्बको शल्यक्रिया निःशुल्क

बाथ ज्वरोका कारण मुटुका भल्ब बिग्रिएका बिरामीको उपचार निःशुल्क हुने भएको छ । घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगे पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ ।

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ।

अब हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

हात्तीपाइले वा अन्य कारणले अन्डकोष सुन्निने समस्या (हाइड्रोसिल) को शल्यक्रिया प्रमुख सरकारी अस्पतालमा निःशुल्क हुने भएको छ। सरकारको प्रमुख रेफरल अस्पताल वीरमा समेत यो वर्ष २ सय ४४ जनाको निःशुल्क शल्यक्रिया गरिने तय भएको छ।

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। 'उपचार सफल भयो,' अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट नागरिकसँग फोनमा यादवले भने, 'नेपाली जनताको आशीर्वादले मेरो उपचार राम्रो भयो।

शल्यक्रिया गर्दागर्दै सुत्केरीको ज्यान गयो

कालिकोट– जिल्ला अस्पताल कालिकोटमा शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा दाहाँ गाविसकी पूर्णकला चौलागाईंको ज्यान गएको छ। शल्यक्रियापछि अत्यधिक रगत बगेर शरीरमा रगतको अभाव हुदाँ चौलागाईंको ज्यान गएको अस्पतालले जनाएको छ।

ब्लाटरको शल्यक्रिया सफल

भ्रष्टाचारको आरोपमा सजाय भोगिरहेका विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर छालाको क्यान्सरको शल्यक्रिया गरेर अस्पतालबाट फर्किएका छन्। उनका प्रवक्ताले सोमबार ब्लाटर अस्पतालबाट घर गएको पुष्टी गरेका छन्।

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

बैंकक—थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा सामान्य सुधार आएको छ। थाइल्याण्डका बयोबृद्ध राजा भूमिबोलको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी आइतबार निकालिएको थाई राजदरबारले आइतबार बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्