२५ असार २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानले आर्थरसँगको सम्झौता नवीकरण नगर्ने

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले मुख्य प्रशिक्षक मिकी आर्थरसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । सन् २०१६ मेमा पाकिस्तानको प्रशिक्षण सम्हालेका ५१ वर्षे दक्षिण अफ्रिकी प्रशिक्षक आर्थरले टोलीलाई २०१७ को च्याम्पियन्स ट्रफी जिताएका थिए । हालै इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीलाई सेमिफाइनल प्रवेश गराउन नसकेपछि पिसिबी आर्थरसँगको सम्झौता अघि नबढाउने पक्षमा रहेको छ । उनीसँगै बलिङ प्रशिक्षक अजहर महमुद, ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावोर र ट्रेनर ग्रान्ट लुडेनसँग पनि पिसिबीको सम्झौता समाप्त हुनेछ ।

दोहोरो नीतिले रेडियो मारमा

राज्यको दोहोरो नीतिले ओखलढुंगामा रेडियो नवीकरण गर्न समस्या भएको छ। सिद्धिचरण नगरपालिका र जिल्ला हुलाक कार्यालय दुवैले आआफ्नो कार्यालयमा नवीकरण गर्न भनेपछि अन्योल सिर्जना भएको हो।

स्वास्थ्य बिमा नवीकरण न्यून

स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि सोलुखुम्बुमा नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष (आव) २०७४÷७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवारले मात्र बिमा नवीकरण गरेका छन्। सेवाबिन्दु टाढा हुनु, गुणस्तरीय सेवा प्रवाह नहुनु र बिमाप्रति चेतना अभावले नवीकरणमा समस्या देखिएको सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले बताए।

टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने

नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ। मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।

१० हजारमा तीन हजार ट्याक्सी मात्र नवीकरण

मुलुकभर १० हजारभन्दा धेरै ट्याक्सी सञ्चालन भइरहे पनि गत वर्ष नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून देखिएको छ। समयमा नवीकरण नगर्दा जरिवाना, शुल्क लाग्ने भए पनि अधिकांश ट्याक्सी नवीकरण नगरेको पाइएको छ।

नवीकरण बन्द हुँदा छट्पटाउँदै उद्योगी व्यवसायी

नवीकरण म्याद गुज्रिदा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा रहेको सुमन इँटा उद्योगको आर्थिक कारोबार ठप्प छ। उद्योगको नवीकरण म्याद गुज्रेको दुई वर्ष नाघिसकेको छ। उद्योग नवीकरणका लागि पहल गरिदिन सञ्चालक सुमन अलि दैनिक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। तर, कार्यालयले नवीकरण गरिदिने परिपत्र केन्द्रबाट नआएको भन्दै उनलाई फर्काइरहेको छ। करिब एक करोड रुपैयाँ लागतमा ०६४/६५ मा सुमनले श्रीमती फातमा बानोको नामबाट उद्योग सञ्चालन गरेका थिए।

जिएमपीको सिफारिसबिनै लाइसेन्स नवीकरण

औषधि व्यवस्था विभाग (डिडिए) ले गैरकानुनी ढंगले विदेशी औषधि कम्पनी ओजन फर्मास्युटिकल्सकोे आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरेको पाइएको छ। डिडिएअन्तर्गतको जिएमपी कमिटीको सिफारिसबिना नै डिडिएका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको मिलेमतोमा पुस पहिलो साता ओजनको लाइसेन्स नवीकरण गरेको पाइएको हो। डिडिएका वरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले ओजनको आयात अनुमतिपत्र नवीकरण गरेको नागरिकलाई बताए। जिएमपी अडिट ९निरीक्षण० टोलीको प्रतिवेदन र जिएमपी कमिटीको सिफारिसबिनै ओजनलाई औषधि ल्याउन दिने लाइसेन्स नवीकरण हुनुमा आर्थिक चलखेलले काम गरेको स्रोतले बतायो।

‘नवीकरणीय ऊर्जालाई बिर्सन नहुने’

उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने एक कार्यक्रमका सहभागीले बताएका छन्। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा शनिवार राजधानीमा आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तक्रियामा  सहभागीले नवीकरणीय ऊर्जाकाे महत्व बढ्दै गइरहेकाे बताए।

२० वर्षे गाडी नवीकरण नगर्न उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्जले सार्वजनिक सरोकारका विषयमा पहिलो पटक प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ। अदालतले २० वर्षभन्दा पुराना गाडी नवीकरण नगर्न र विकास निर्माण वातावरणमैत्री तरिकाले गर्न आदेश दिएको हो।

जिससको सम्झौता नवीकरण

इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीले ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिसससँग २०२३ सम्मका लागि सम्झौता नवीकरण गरेको छ।

रूसी प्रशिक्षकको सम्झौता नवीकरण

रूसी फुटबल टिमका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता दुई वर्षका लागि नवीकरण भएको छ । रूसले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै चेर्चेसोभको सम्झौता आउँदो दुई वर्षका लम्बिएको हो।

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।

लामेलाले गरे टोटेनह्यामसँग सम्झौता नवीकरण

अर्जेन्टिनी प्लेमेकर इरिक लामेलाले टोटेनह्यामसँग सम्झौता नवीकरण गरेका छन् । उनले शुक्रबार टोटनह्यामसँग चारवर्षे सम्झौता गरेका हुन्।

यातायात समितिहरु नवीकरण नहुने

सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगरिने भएको गृह मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्