६ आश्विन २०८१ आइतबार
image/svg+xml

आयोगको दोस्रो प्रस्तावः स्थानीय चुनाव जेठ ४ मा

आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धनको आवश्यकता छ। एमाले भने यी दुवै पार्टीलाई कांग्रेसको साथबाट अलग गरेर तीन तहको निर्वाचनमा सहभागी हुन चाहन्छ।

सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।

जेठ ४ मा स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको परामर्श

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि जेठ ५ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन गर्नुपर्ने विषय जानकारी गराएको हो।

एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

सत्ता गठबन्धनको शनिबार साँझ बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलसहित चार दलका शीर्ष नेताको अलग्गै बैठक बालुवाटारमा बसेको थियो। त्यसक्रममा एमसिसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले नेताहरूलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए।

स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसारै गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छन्।

आज कांग्रेस केन्द्रीय समिति बैठक

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ।

सबै क्षेत्रमा सुधार भएको प्रधानमन्त्रीको दाबी: एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने तयारी

‘मुलुकको विकास र रुपान्तरणमा सरकार लागिपरेको छ। सरकारले मुलुकको रूपान्तरण र विकासका कार्यक्रम कार्यान्वयनलाई गति दिएको छ। सुधारका योजना बनाउँदा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रविन्दुमा राखिन्छ ।’

प्रधानमन्त्री देउवा कार्यकालको उपलब्धिः ६ महिनामा १७७ किमि सडक कालोपत्रे, २३ पुल तयार

प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनर्निर्माण गर्ने, कार्ययोजना कार्यान्वयनमा ल्याउने र यसै वर्षभित्र काठमाडौंमा पानी वितरण गर्ने गरी कार्य अगाडि बढाइएको बताएका छन्। तर, मन्त्रिपरिषद् बैंठकले मेलम्ची आयोजनाको कार्ययोजना सम्बन्धमा समयमै निर्णय नगर्दा मर्मतसम्भारमा ढिलासुस्ती देखिँदै आइरहेको छ।

सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

देउवा सरकारका आधा वर्ष

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद्लाई काम गर्न दिएनन्। उनले एकपछि अर्को गर्दै प्रतिनिधिसभा विघटन गरेपछि बाँकी प्रमुख दल यो कदमविरुद्ध आन्दोलनमा रहेका हुन्।

अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताए।

सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको संक्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीरः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन्।

ओमिक्रोनको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्