२३ आश्विन २०८१ बुधबार
image/svg+xml

परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा

कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

सामुदायिक विद्यालयमा विद्यार्थी ‘सिकाउने र टिकाउने अभियान’

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने बताएका छन्।

दुई विषयको परीक्षा रद्द भएपछि विभिन्न ठाउँमा प्रदर्शन

एसइईको दुई विषयको परीक्षा रद्द भएपछि रौतहटका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। बिहीबार बिज्ञान विषय र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

विदेशी विद्यार्थी सीधै भर्ना

मेडिकल केलजहरूमा प्रवेश परीक्षाबिनै विदेशी विद्यार्थीले भर्ना पाउने व्यवस्था गरेको पाइएको छ। मेडिकल कलेजका सञ्चालकहरूको चलखेलपछि केही सांसदले विदेशी विद्यार्थीलाई नेपालका मेडिकल कलेजमा सीधै भर्ना गर्न सक्नेगरी प्रावधान राखेको तथ्य फेला परेको छ।

नैतिक शिक्षामा जोड

पछिल्लो समयको मागअनुसार नैतिक शिक्षा घट्दै गएको अनुमान छ । विषयबस्तु नबुझीकनै घोकेर पास गर्ने नैतिकताभन्दा बच्चाले प्रयोग गर्ने र सजिलै बुझ्ने नैतिक शिक्षा महत्वपूर्ण छ । अहिलेका अभिभावक काममा व्यस्त छन् । दुवै अभिभावक काममा जाने र बालबच्चाको सबै जिम्मा विद्यालयले लियोस् भन्ने चाहन्छन् । सानो उमेरसम्म घरबाटै आवतजावत गराउँछन् भने १२/१३ वर्ष पुगेपछि विद्यालयको छात्रावासमा राखेर पढाउन चाहन्छन् ।

सैद्धान्तिक होइन सीपमूलक शिक्षा

बढ्दो प्रविधि प्रयोगसँगै अबको शिक्षा व्यावहारिक र सीपमूलक हुनुपर्ने देखिन्छ। सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानले विद्यार्थी सक्षम हुन्छन् र रोजगारका लागि भौतारिनु पर्थेनजस्तो लाग्छ। पढेरमात्र जागिर पाउन सकिन्न। काम गर्न सीप आवश्यक हुन्छ। स्नातक र स्नातकोत्तर गरेका धेरै युवा अहिले बेरोजगार बस्नुपरेको छ। यसले हाम्रो शिक्षा प्रणाली नै सुधार गर्नुपर्ने वा परिवर्तन गनुपर्ने देखाउँछ।

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

एसइइ डान्स च्याम्पियनशिप

एसइइका विद्यार्थीरूलाई मञ्च र अवसर प्रदान गर्न नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ हुने भएको छ। कार्यक्रमका परिकल्पनाकार महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभई सीपसहितको शिक्षा हो भन्ने सर्वव्यापी मान्यतालाई स्थापित गराउन कार्यक्रम गर्न लागिएको बताए।

सामुदायिकमा विद्यार्थी आकर्षण गर्न इ–लर्निङ

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनलागेको पृष्ठभूमिमा पनौती–९, सुन्थानस्थित शारदा माध्यमिक विद्यालयले अपनाएको तरिका अनुकरणीय हुने देखिएको छ।

१४ विद्यार्थी एसइई दिन अयोग्य

जिल्लाका १४ विद्यार्थीले एसइई दिन नपाउने भएका छन् । रेगुलरतर्फ वर्षभरि विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्रछात्रा एसइई दिन नपाउने भएका हुन्।

एसइई परीक्षाको तयारी पूरा, ४ लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

दुर्घटनामा विद्यार्थीको मृत्यु

जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो।

११ विद्यार्थी संगठनद्वारा विप्लवमाथिको प्रतिबन्ध हटाउन माग

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन्।

फेवातालमा मृत भेटिए विद्यार्थी

गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन।

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

विद्यार्थी केन्द्रित शिक्षण विधिले मात्र विद्यार्थीमा सिर्जनशीलता ल्याउँछ नकि घोकन्ते सिकाइले । नवीनतम सिकाइ विधिले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्छ । स्कुलले आयोजना गर्ने प्रदर्शनी (एक्जिबिसन) महत्वपूर्ण क्रियाकलाप हो । यस्ता प्रदर्शनीका माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र सम्पूर्ण शिक्षकवर्गमा आफूभित्रको क्षमता देखाउने मौका पाउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्