९ मंसिर २०८१ आइतबार
image/svg+xml

वातावरण दिवसः सगरमाथाको फोहोर हस्तान्तरण

विश्व वातावरण दिवसका अवसरमा सगरमाथाबाट संकलन गरिएको फोहोर पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ। वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संकलन गरिएको फोहोर बुधबार एक कार्यक्रमकाबीच ‘ब्ल्यु ओस्ट टु भ्यालु’लाई हस्तान्तरण गरिएको हो।

त्यो त्यहाँ छ त्यसैले

आरोही टोलीसँग जाने र आधार शिविरसम्म पनि नपुगी फर्केर लाभान्वित हुने अहिलेको अवस्थामा परिवर्तन त्यत्तिकै आवश्यक छ।

६ घण्टा १ मिनेटमा मिङ्माले गरे सगरमाथाको सफल आरोहण

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।

सगरमाथामा मृत्युको व्यापार

आरोहण क्षेत्रमा अहिलेका विकृतिबारे चर्चा हुन थालेपछि बल्ल सरकारले अध्ययन टोली गठन गर्ने तयारी गरेको छ।

गाईघाट–दिक्तेल सोझो यातायात ६ महिनालाई ठप्प

गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोल्ने क्रम अन्तिम चरणमा पुगेको छ।

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो।

सगरमाथामा ‘कम्पन’ सार्वजनिक

अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोस्रो संस्करण सर्वोच्च शिखर सगरमाथामा सार्वजनिक गरिएको छ। सगरमाथा आरोही कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

सुमनलाई एभरेस्ट म्याराथन उपाधि

६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथनअन्तर्गत १७औं संस्करणमा पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङले हात पारेका छन्। उनले ४२ किलोमिटरको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गरेका थिए।

पर्वतारोहणबाट ५५ करोडमाथि राजस्व

चालु आव ०७५/७६ को जेठ ११ सम्ममा सगरमाथासहित अन्य ३२ हिमाल आरोहणबाट ५५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । विदेशी आरोहीको संख्या उत्साहजनक रुपमा बढेकाले यो वर्ष पोहोरको तुलनामा झण्डै १९ प्रतिशतले पर्वतारोहण राजस्व बढेको बढेको पर्यटन विभागले जनाएको छ ।

‘हिमालको संरक्षण गर्नु सबैको कर्तव्य’

सगरमाथा क्षेत्र सफा रहेको सन्देश दिन सरसफाइ अभियानबाट संकलित फोहोर सोमबार प्रदर्शन गरिएको छ।

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा, १० जनाको मृत्यु

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ। सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

‘चुचुरोमा घरपरिवारको सम्झना आउँदैन्’

‘उनीसँगै मेरो मनपनि सगरमाथा चढिरहेको हुन्छ’, एक साताअघि नागरिकसँगको कुराकानीमा कामीरिताकी श्रीमती लाक्पा शेर्पाले भनेकी थिइन्, ‘उहाँ नआउन्जेल मुटु चिसो भइरहन्छ।’

मन्त्री अर्याल आधार शिविर जाँदा ५० लाख खर्च

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कंदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ। मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौ फर्केको थियो। टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो। नेपाली प्राविधिकहरू सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो। काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टर लिएर त्यहाँ पुगेका हुन्। सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रक एयरका दुईवडा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्