७ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक बस्दै

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

स्वायित्व र व्यवस्थाको रक्षाका लागि काँग्रेसबाट राष्ट्रपति: केन्द्रीय सदस्य महर

काँग्रेस कास्कीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनमा अविश्वास

एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।

राष्ट्रपतिमा राष्ट्रिय सहमति सम्भव छैन्ःनेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सम्भावना नरहेको बताएका छन्। उनले दलभित्रका उम्मेदवारलाई राष्ट्रिय सहमति जुट्न सक्ने सम्भावना नदेखेको बताए।

माओवादीकासँग घनिभूत छलफलमा छौँ, राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवारले जित्छ: नेता कोइराला

प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन्।

काँग्रेसका नेता भण्डारीको भेन्टिलेटर हटाइयो

ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ।

काँग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ: प्रवक्ता डा महत

नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन्।

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो: सभापति देउवा

सभापति देउवाले २००७ साल कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताएका छन्।

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

‘सिलिण्डर जस्ताको त्यस्तै छ, बत्ती बाल्दा स्पार्क भएर आगलागी भएको हुनुपर्छ’

नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भान्सा कोठामा ‘बत्ती बाल्दा स्पार्क’ भएर नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको घरमा आगलागी भएको देखाएको छ।

ग्यास विस्फोटमा घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदै छ।

राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएका हौँ: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्।

माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्।

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्