२० आश्विन २०८१ आइतबार
image/svg+xml

योगेश भट्टराईलाई महेशले भनेः राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन

नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाएका छन्।

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिकाे कार्बाही भद्दा मजाकः योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कार्बाही भद्दा मजाक भएको टिप्पणी गरेका छन्।

ओली र प्रचण्डले चलाएको जहाज दुर्घटनाग्रस्त भयो अब युवाहरु पाइलट बन्नुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा माधव नेपाल पक्षीय युवाहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अब युवाहरुले पार्टीको नेतृत्व गरेमा मात्र गन्तव्यमा पुग्न सकिने बताए।

हामी भेलामा व्यस्त छौं, ओलीले बोलाएको संसदीय दलको बैठकमा जान सक्दैनौं : योगेश भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ। आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले आफूहरु भेलामा व्यस्त हुने भएकाले भोलिको संसदीय दलको बैठकमा जान नसकिने बताए।

'भेलाबाट ओलीका गुटगत गतिविधि र पार्टी विभाजनको प्रयासलाई आधारभूत तहसम्म पुर्‍याउछौं'

नेकपा एमाले (माधव नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको छ। नेपाल समूहका तर्फबाट मंगलबार नेता योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘बैठकमा नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेको’ उल्लेख छ।

हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं : योगेश भट्टराई

नेकपा एमाले (माधव नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आज बालुवाटारमा ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

पहिलो पुस्ताले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता जीवित रहन्छ : योगेश भट्टराई

नेपाक कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति तथा सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिने परिस्थतिमा पार्टी अहिले पनि जीवित रहने बताएका छन्।

सन्की प्रधानमन्त्रीलाई हटाउन नसके संसद्ले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नेछ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका छन्। प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आइतबार आयोजना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउने’ जिकिर गरे।

फागुनमा संसद पुनःस्थापना हुन्छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्।

कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरुको समूहलाई ‘दुध विक्री गर्ने पसल’ र ओली समूहलाई ‘रक्सी बेच्ने पसल’को संज्ञा दिएका छन्।

'श्रीमानहरुले संविधानका मामलामा राय नदिएर के फिल्मको समीक्षामा राय दिनुपर्ने हो ?'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्।

योगेश भट्टराईको आरोप : प्रधानमन्त्रीबाट अशिष्टता प्रदर्शन हुन थाल्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाउका छन्।

नेकपा नेपाली हावापानीमा उम्रिएर फैलिएको पार्टी होः मन्त्री भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेकपा घरेलु बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी रहेको बताएका छन्। मन्त्री भट्टाईले विहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा घरेलु बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी रहेको बताएका हुन्।

धार्मिकस्थलहरु कार्तिकदेखि खोल्ने तयारी

संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन आउँदो कार्तिक १ गतेबाट खोल्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद्मा जान लागेको बताएका छन्।

यतीलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिएका छन् । हिमालय एअरलाइन्स यती समूहको सदस्य हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्