२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा नेपाली हावापानीमा उम्रिएर फैलिएको पार्टी होः मन्त्री भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेकपा घरेलु  बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी रहेको बताएका छन्। मन्त्री भट्टाईले विहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा  घरेलु बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी रहेको बताएका हुन्।

‘घरेलु (नेपाली) बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा ,’ उनले लेखेका छन्, ‘यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन।’  

नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी भएकोले यसको विकास वा विनाश यसैभित्र अन्तरनिहित रहेको उनको भनाइ छ। ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधि हो,’ भट्टराईले लेखेका छन् ।

एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम रहेको उनले बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७७ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App